प्रदेश विकास बैंकका लागि कार्यदल गठन
जनकपुरधाम । प्रदेश २ सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्न लागेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेशको समग्र विकासका लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकाले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको जनाएका छन् । बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।
कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुरस्थित संघीय कोलेनिकाका प्रमुख डा. वीरेन्द्र मिश्र, राष्ट्र बैंक जनकपुरका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सञ्जय सरदार सदस्य सचिव रहेका छन् । कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणापत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएको छ । कार्यदलका संयोजक डा. झाले अवधारणापत्रमाथिको छलफल सुरु भइसकेको र सम्भवतः यसै साता अन्तिम रूप पाउने बताएका छन् ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply