वैरोको सेटिङ दूतावाससम्म
काठमाडौं । वैदेशिक रोजगार विभागमा हुने गरेको अनियमितता झनै बढ्न थालेको छ । पछिल्ला दिनमा कसैको प्रमाणीकरण एकै दिन हुने र कसैको हप्तौं लाग्ने हुन थालेपछि सेवाग्राहीहरू हैरानमा परेका छन् । ती कागजपत्र प्रमाणीकरणमा घुसको व्यापक चलखेल हुन थालेपछि यस्तो अवस्था आएको हो ।
एक व्यवसायीले दुई साताअगाडि मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि आवेदन गरे । तर, त्यो आवेदन दूतावासले अझैसम्म प्रमाणीकरण गरेको छैन । तर, आश्चर्य त्यही दूतावासमा अर्का एक व्यवसायीले पेस गरेको मागपत्र चार घन्टा बित्दानबित्दै प्रमाणीकरण भएर बाहिरियो । दूतावासले आफूसमक्ष आउने मागपत्र प्रमाणीकरणका लागि १० दिनको समय तोकेको छ । यसअघि उसले यो अवधि पाँच दिन तोकेको थियो । जुन अवधि तोकिए पनि कुनै व्यवसायीको तुरुन्तै र कुनै व्यवसायीको हप्तौं लाग्ने गरेको गुनासो स्वयं व्यवसायीहरूले नै गरेका छन् । यसको मुख्य कारण सेटिङ भएको र घुसको चलखेलमा नै सबै काम भइरहेको व्यवसायीहरूको गुनासो छ । वैदेशिक रोजगार विभागका कर्मचारीहरूले मलेसियास्थित दूतावाससम्म पनि सेटिङ गर्ने र नेपालमा पैसा बुझेर मलेसियास्थित दूतावासका कर्मचारीलाई इमेल लेखेर कागजात प्रमाणित गर्न लाउने गरेको खुलेको छ । यो गुनासोलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि पुष्टि गरेको छ । संघको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको एक पदाधिकारीले बताए ।
मलेसियाको रोजगारी सुचारु भए पनि नेपाली दूतावासबाट व्यवसायी छानेर मागपत्र प्रमाणीकरण गर्ने काम भएको भन्दै पहुँचवाला र पैसा खर्च गर्ने व्यावसायिकको एकै दिन काम हुने तर अन्य व्यवसायीको हप्तौं लाग्ने गरेको बताइन्छ । एकै दिनमा मागपत्र प्रमाणित भए पनि पहुँच नहुने कतिपय व्यवसायीले पेस गरेको डिमान्ड प्रमाणीकरण गर्न तीन हप्ताभन्दा लामो समय लागिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply