प्रमको स्वास्थमा क्रमिक सुधार
काठमाडौं । गत मंगलबार एपिन्डिसाइटको अपझट अपरेसन गरिएपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपचाररत प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
सरकारी निवास बालुवाटारमा गत मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई एक्कासि पेट दुख्न थालेपछि तत्काल महाराजगन्जस्थित मनमोहन कार्डियोमा लगेर एपिन्डिसाइटको अपरेसन गरिएको थियो । त्यसयता चिकित्सको सल्लाहमा अस्पतालमै आराम गरिरहनुभएका प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर बाहिर अनेक खालका टिप्पणी भएपछि प्रधानमन्त्रीले अस्ति सोमबार बेलुकी आफ्नो स्वास्थ्य अवस्थाबारे सबैलाई जानकारी दिन भिडियो सन्देश जारी गर्नुभएको थियो । भिडियो सन्देशमा भनिएको छ, ‘एपेन्डिससाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएर र बाहिर पनि फैलिएछ । त्यसमा मात्र इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुप¥यो । त्यसकारण केहि दिन, हप्ता–दस दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्याछ ।’ भिडियो सन्देशमार्फत नै प्रधानमन्त्रीले सागका खेलाडीलाई पनि शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री ओलीको गत ७ गते ग्रान्डी इन्टरनेसनल अस्पताल धापासीमा चौथोपटक मिर्गौलाको डायलासिस गरिएको थियो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपित मिर्गाैलाले काम गर्न छाडेपछि निजी चिकित्सकहरूले पुनः प्रत्यारोपणको विकल्पमा छलफल गरिरहेका छन् । तर, स्वदेशमै प्रत्यारोपण गर्ने कि विदेशमा भन्ने विषय भने टुंगो लागि नसकेको बताइएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply