निर्वाचनबाट खबरदारीको सन्देश
जनलहर नेकपाकै पक्षमा
काठमाडौं । १४ मंसिरमा सम्पन्न उपनिर्वाचनको परिणाम नेकपाको पक्षमा देखिएको छ । कम्युनिस्ट नेतृत्वको सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा नेतृत्व गरेको करिब दुईदेखि साँढे दुई वर्षको अवधिपछि सम्पन्न निर्वाचनलाई एक प्रकारको ‘मिनी जनमतसंग्रह’कै रूपमा लिइएको थियो । त्यही मिनि जनमतसंग्रहमा प्राप्त सिट र कूल मतलाई विश्लेषण गर्दा नेकपाले अघिल्लो पटक प्राप्त गरेकोभन्दा केही सिट थपेको छ । ५२ सिटका लागि भएको उपनिर्वाचनमा नेकपाले कास्कीसहित प्रतिनिधिभा १, प्रदेशसभा १, गाउँपालिका ४ र वडाध्यक्ष २४ सहित ३० सिट जितेको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेशसभा १, उपमहानगर १, वडाध्यक्ष ११ सहित कुल १३ सिट जितेको छ । त्यस्तै, नेकपाको समर्थनमा राजमोले बाग्लुङ प्रदेशसभामा १ सिट जितेको छ । संघीय समाजवादी फोरमले ४ वडाध्यक्ष, राजपाले ३ वडाध्यक्ष तथा नेकपाको बागीले स्वतन्त्रबाट १ वडाध्यक्ष जितेको छ ।
यो परिणामअनुसार नेकपाले करिब दुई दुई तिहाई सिट जितेको छ । तर, भक्तपुर जस्तो गढमा प्रदेशसभा र धरान जस्तो महत्वपूर्ण उपमहानगरपालिकाको प्रमुख पदमा पराजित हुँदा नेकपाले परम्परागत गढ गुमाउनु परेको छ । नेकपाले गाउँपालिका अध्यक्षसहित अन्य स्थानमा पहिलेभन्दा सिट संख्या थपेको भन्दा पनि यी दुई स्थानमा पराजित हुनपरेको विषयले नै अहिले बढि चर्चा पाइरहेको छ । अहिले दुई ठूला कम्युनिस्ट पार्टीको एकतापछि झन् वलियो नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनिसकेको अबस्थामा सम्पूर्ण पार्टी पंक्ति परिचालित हुँदा कांग्रेसलाई त दुई÷चार सिट जित्नसमेत हुनुपर्ने हो । यस परिप्रेक्ष्यमा पत्रकारिता पृष्ठभूमिका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत ती दुई स्थानको पराजयलाई लिएर सटिक टिप्पणी गरेका छन् ।
‘नेकपाका लागि उपनिर्वाचनको परिणाम सुखद् रहेन । मुख्य ठाउँमध्ये दाड. र कास्कीमा फराकिलो मतान्तर कायम छ । त्यसमा भावना र सहानुभूतिले पनि काम गरेको छ, भक्तपुर र धरान फुत्किएका छन् । पार्टी एकताको संक्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेद्वार चयन जस्ता कारणहरू आफ्नो ठाउँमा छन, यस परिणामले हामीलाई थप सजग पक्कै बनाउनुपर्छ । समय छ, परिणाममुखी काम गरेर मात्रै यसको क्षतिपूर्ति हुन्छ, काइते तर्कले होइन ।’
उनले सामाजिक सञ्जालमा व्यक्त गरेको व्यक्तिगत टिप्पणी आफ्ना ठाउँमा छ । तर, सरकारले राम्रो काम नगर्ने हो भने जुनसुकै परम्परागत गढ अर्को निर्वाचनमा भत्किनसक्छ र प्रमुख प्रतिपक्षी कांग्रेसले अहिलेभन्दा सिट संख्या बढाउनसक्छ भन्ने प्रष्ट सन्देश निर्वाचनले दिएको छ । भक्तपुर पूर्व एमालेको परम्परागत गढ हो । जहाँबाट हरिशरण लामिछाने ३ देखि ४ हजारको मतान्तरमा विजयी भएका थिए । तर, निर्वाचनमा बागी उठेर ८ सय मत प्राप्त गरेका पूर्व माओवादी समूहका डिपी ढकाललाई नै उम्मेद्वारी दिइएकोमा त्यहाँ शुरुदेखि नै अनुकूल वाताबरण सिर्जना भएको थिएन । त्यस्तै, नगरकोट जाने बाटो समयमै बन्न नसक्दा जनताले भोगेको सास्तीसमेत अहिले मत परिणााममा प्रकट भएको हुनसक्ने विश्लेषण गर्न थालिएको छ । त्यसो त, धरानमा नेकपाबाट विजयी तारा सुब्बाको निधन भएपछि निर्वाचन भएको थियो । उनी लोकप्रिय नेता भएका कारण पनि कास्की र दाङ जस्तै सहानुभूतिबाटसमेत मत बढाएर नेकपा विजयी हुनुपर्ने हो । तर, त्यहाँ सुब्बाको निधनपछि नेकपाबाटै विजयी उपमेयरको संलग्नतामा ५० प्रतिशतभन्दा बढि कर वृद्धि भएकाले त्यसको प्रत्यक्ष अशर चुनावमा प्रकट भएको विश्लेषण भइरहेको छ । त्यसो त प्रचण्डको गृहनगर मात्र होइन, उनकै चुनावी क्षेत्रसमेत रहेको भरतपुर उपमहानगरपालिकाका वडाहरूसमेत नेकपाले गुमाउनुपरेको छ । साविक एमाले एक्लैले जितेका वडाहरू पार्टी एकतापछि कांग्रेसको पोल्टामा पुग्दा होस पु¥याएर नेकपाले जनपक्षीय काम नगर्ने हो भने अर्को निर्वाचन अपेक्षा अनुरूप हुन नसक्ने सन्देश प्रकट भएको छ ।
नेकपा पुरानै घोषणापत्रका आधारमा निर्वाचनमा होमिएको थियो । यसबीचमा राष्ट्रिय मुद्दा उठानदेखि, भ्रष्ट्राचार नियन्त्रण, दण्डहीनताको अन्त्य, आर्थिक वृद्धि, विकास निर्माणलगायतका क्षेत्रमा कम्युनिस्ट नेतृत्वले उल्लेखनीय काम गरेको छ । यद्यपि, पार्टी एकतमा भइरहेको ढिलाई, एकतापछि पनि संगठनात्मक व्यबस्थापन र परिचालनमा भइरहेको कमजोरीका कारण पनि उपनिर्वाचनमा नेकपा तरंग सिर्जना हुनेगरी परिचालित हुन सकेन । जसको प्रत्यक्ष फाईदा केही क्षेत्रमा प्रमुख प्रतिपक्षी कांग्रेसले उठाउन सफल भएको विश्लेषण गरिएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply