बिदा हुँदै उन्नाइस सांसद
काठमाडौं । राष्ट्रिय सभाका उन्नाइस सांसद करिब साढे दुई महिनापछि बिदा हुने भएका छन् । उनीहरूको बिदाइअघि आगामी ९ माघमा राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सांसदको निर्वाचन घोषणा गर्न निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ । शपथ लिएको मितिअनुसार आगामी २० फागुनमा उनीहरूको पदावधि सकिँदै छ । जसअनुसार सत्तारुढ दल नेकपाबाट अर्थमन्त्री डा. युवराज खतिवडासहित नौजना सांसदहरूको म्याद फागुन पहिलो साता सकिँदै छ ।
पदावधि सकिनेमा नेकपाका हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । अर्थमन्त्री डा. खतिवडा सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए ।
त्यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसका सात सदस्यको पदावधि सकिँदै छ । पदावधि सकिनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा छन् । पाण्डे राष्ट्रियसभामा प्रतिपक्षी दलका नेता, र प्रसाई कांग्रेसका प्रमुख सचेतक छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टीका दुई सांसदहरू वृषेशचन्द्र लाल, रमेशप्रसाद यादव तथा समाजवादी पार्टीका राजकुमार यादवको पनि पदावधि सकिँदैछ ।
संविधानमा राष्ट्रियसभाका एक तिहाई सांसदको पदावधि हरेक दुई–दुई वर्षमा सकिने गर्छ । रिक्त हुने सांसदमा महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य सातजना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुनेछन् । पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत रिक्त सांसदहरू मतदानबाट चुनिनेछन् । प्रधानमन्त्री केपी ओलीलाई भेटेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरूले पदावधि सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने भएकाले ९ माघमा निर्वाचन मिति घोषणा गर्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply