निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक निर्विकल्प विकल्प हो
० नेपाल भ्रमण वर्षको समग्र तयारी कुन रूपमा भइरहेको छ ?
भ्रमण वर्ष खासमा हामीले सन् २०२० लाई लक्षित गरेर घोषणा गरे पनि यो निरन्तर चलिरहने प्रक्रिया हो । भ्रमण वर्ष सन् २०२० को जनवरी १ मा सुरु भएर डिसेम्बर ३० मा सकिने विषय होइन । अब नेपालमा ‘पर्यटनका लागि एक दशक’ भन्ने नाराका साथ हामी एक योजना बनाएर अघि बढ्छौं । विशेष गरी अहिले जनवरी १ को उद्घाटन सत्रको तयारीमा हामी जुटेका छौं । देशभित्र जनवरी १ मा काठमाडौं उपत्यकासहित सातवटै प्रदेशमा र देशबाहिर जनवरी ७ मा एकसाथ भ्रमण वर्षको उद्घाटन हुनेछ । अहिले हामी यसको मुख्य तयारीमा छौं । तयारीका लागि विभिन्न सरोकारवालासँग संगठनसँग मैले नियमितजसो छलफल र अन्तक्र्रिया गरिरहेको छु । साथै भ्रमण वर्षको सचिवालय, नेपाल पर्यटन बोर्ड, मन्त्रालयका सबै जनशक्ति यसमा सम्पूर्ण शक्ति लगाएर तयारीमा जुटेका छौं । हामीले सम्पूर्ण ध्यान यसमा लगाएका छौं । आमजनताले मबाट जून आशा र भरोसा गरेका छन् । जनताको आशा टुट्न नदिने र प्रधानमन्त्रीको विश्वास पनि टुट्न नदिने उद्देश्य लिएर मैले सकेको काम गर्नेछु ।
० भ्रमण वर्षको उद्घाटन समारोहमा कति देशका कस्ता विशिष्ट व्यक्ति सहभागी हुँदैछन् ?
भ्रमण वर्षको शुभारम्भ सम्माननीय राष्ट्रपतिबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनवरी १ का दिन भव्य समारोहबीच हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भ्रमण वर्षलाई सफल बनाउन विश्व समुदायलाई विशेष आह्वान गर्नुहुनेछ । यसका लागि देशभित्रका सबै राजनीतिक दललाई हामी निमन्त्रणा गर्छौं । मन्त्रीगण, उच्च सरकारी अधिकारी, राज्यका सबै अंग र निकाय, सुरक्षा निकाय प्रमुख र उच्च कर्मचारीका साथै उद्योगी, व्यवसायी, नागरिक समुदायलगायत सम्पूर्ण क्षेत्रलाई भ्रमण वर्षको समारोहमा निमन्त्रणा पठाउँछौं ।
अन्तर्राष्ट्रिय हिसाबले पनि यसलाई भव्यता दिन हामीले विभिन्न देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरेका छौं । करिब ४० देशका पर्यटनमन्त्रीलाई हामीले निमन्त्रणा पठाएका छौं र पाहुनाहरूको निरन्तर ‘फलोअप’ भइरहेको छ । कति देशका कस्ता विशिष्ट व्यक्ति आउनुहुन्छ भन्ने उहाँहरूको ‘कन्फर्मेसन’पछि हामी केही दिनभित्रै सार्वजनिक गर्छौं । उद्घाटनकै लागि हामीले पर्यटन क्षेत्रसँग क्रियाशील विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसमेतलाई निमन्त्रणा गरेका छौं ।
० पर्यटकीय पूर्वाधारको क्षेत्रमा सुधार आइनसकेको स्थितिमा भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने लक्ष्य पूरा गर्न सकिएला ?
यस्तो हुन सक्छ, सबै पूर्वाधार पूरा गरौं अनि पर्यटकलाई बोलाऔं भन्ने कुरा युक्तिसंगत होइन । पूर्वाधारको काम पनि सँगसँगै हुँदै गर्छ, पर्यटन प्रवद्र्धनको काम पनि हुँदै गर्छ, त्यसकारण नै नेपालमा अब अर्थतन्त्रको प्रमुख जग पर्यटन हो भन्ने कुरा स्वीकार गरेर नेपाल सरकारले पर्यटन पूर्वाधारमा पर्याप्त लगानी बढाएको छ । निकट भविष्यमै भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । एक वर्षपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण भइसक्छ । यहीबीचमा हामी बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको थालनीतिर धेरै सकारात्मक ढंगले अघि बढिसकेका छौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण र विस्तारको काम पनि हामीले एकसाथ अघि बढाउँदैछौं । देशभरिका ५३ वटा आन्तरिक विमानस्थलको सेवा विस्तार र भौतिक पूर्वाधारको स्तरोन्नतिका साथै सबै विमानस्थलाई व्यावसायिक ढंगले सञ्चालन गर्नेगरी लागिपरेका छौं ।
अर्को पक्ष, पर्यटन गन्तव्यसम्म पुग्न सडक यातायातलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउन लागिपरेका छौं । काठमाडौं नजिकका पर्यटकीय गन्तव्यमा जान असहज सडकमार्गको सुदृढीकरण तथा उपत्यकाको वातावरण प्रदूषण नियन्त्रणका कार्यक्रम पनि अघि बढाइनेछ । साथै, भ्रमण वर्षकै सिलसिलामा ‘काठमाडौं भ्याली बाई नाइट’ कार्यक्रम पनि सञ्चालन गर्दैछौं । काठमाडौं, ललितपुर र भक्तपुरको दरबार क्षेत्रलाई बेलुका पनि भ्रमण तथा अवलोकन गर्न सक्नेगरी त्यसको लाइटिङको व्यवस्थालगायत सम्बन्धित स्थानीय तहसँग समन्वय गरिरहेका छौं । पर्यटनलाई राजधानीकेन्द्रित मात्रै गरिनुहुन्न र उपत्यका बाहिरका गन्तव्यको प्रभावकारी प्रवद्र्धनका निम्ति सरोकारवालासँग लगानी प्रवद्र्धनलगायतका विषयमा छलफल र पहलकदमी भएको छ । पछिल्लो समय म आफैंले पाँचवटा पाँचतारे होटल सञ्चालनका लागि स्वीकृति दिएको छु ।
० नेपालमा भ्रमण वर्षको तयारी पुगेन भन्ने सरोकारवालाको गुनासो सुनिन्छ, कतै भ्रमण वर्षको घोषणामा हतार भएको त होइन ?
भ्रमण वर्षको तयारी पुगेन भन्ने कुरा स्वाभाविक हो, किनभने तयारी जति हुनुपर्ने थियो, त्यति नभएको हुन सक्छ तर केही पनि नभएको भने होइन । हामी अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा जाने र नेपालको कुरा राख्ने काम भएको छ । विदेशी सञ्चारमाध्यममा नेपाल भ्रमण वर्षको प्रचारप्रसार भइ नै राखेका छन् । देशभित्र पटकपटक हामीले निजी पर्यटन व्यवसायी र नीतिनिर्मातासँग अन्तक्र्रिया गरेकै छौं र प्रक्रिया अगाडि बढेकै छ र यसमा सन्तुष्टि लिनुहुँदैन । सन्तुष्टिले अगाडिको बाटो बन्द हुन्छ । त्यसैले, तयारी जति हुनुपथ्र्यो, त्यति नभएको कुरालाई स्विकार्दै अब भएका अपूर्णतालाई परिपूर्ति गर्ने ढंगले अगाडि बढ्नुपर्छ । भ्रमण वर्षको सचिवालय सक्रिय ढंगले लागेकै छ । बोर्डको सम्पूर्ण टिम त्यसमा लागिराखेको छ । नेपाल सरकारको तर्फबाट हालैको मन्त्रिपरिषद् बैठकबाट सम्बन्धित मन्त्रालयले भ्रमण वर्षका लागि गर्नुपर्ने कामका लागि निर्देशन प्राप्त भइसकेको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई भ्रमण वर्षका लागि आवश्यक परिचालन गरिएको छ । गैरआवासीय नेपाली संघसँग सम्झौता गरिएको छ । सबै निजी व्यवसायीलाई उत्साहका साथ लाग्न अनुरोध गरिएको छ । जे–जे गर्नुछ, हामी गर्दै जानेछौं । हामीले पर्यटनको विश्वव्यापी प्रचारका लागि आवश्यक सामग्रीसहित सन्देश लगेका छौं ।
० भ्रमण वर्ष सचिवालयको नेतृत्व अनुपयुक्त भन्ने आलोचनालाई के भन्नुहुन्छ ?
कहीँकतै तालमेल नमिलेको रहेछ भने त्यसलाई मिलाउँदै लान्छौं । अहिले कसैको आलोचना र टिप्पणीमा समय खर्च गर्ने पक्षमा म छैन । सबै जिम्मेवार निकायले आफूलाई दिएको जिम्मेवारी पूरा गर्नुपर्छ, जुनसुकै सर्तमा पनि ।
० मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशतको हाराहारी मात्रै छ, यस क्षेत्रको योगदान विस्तार गर्ने नीतिगत योजना के छ ?
आगामी १५औं पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भिœयाउने लक्ष्य छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको हालको ३ प्रतिशतबाट योगदानलाई १० प्रतिशत पु¥याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजना छ । वार्षिक ४४ अमेरिकी डलरबाट ८० डलर खर्च गर्न सक्ने पर्यटकको क्षमता बढाउनुपर्छ र उनीहरूको बसाइ लम्ब्याउनुपर्छ । देश तथा विदेशबाट लगानीमैत्री वातावरण बनाउनुपर्छ भनिएको छ । यो लक्ष्य पूरा गर्न नै हामीले पूर्वाधार विकासमा जोड दिन थालेका छौं । पर्याप्त पूर्वाधार विकास र पर्यटकलाई सेवा नदिईकन उनीहरू पैसा खर्च गर्न आउँदैनन् । त्यसका लागि सबै हिसाबले वातावरण तयार गरिदिनुपर्छ । त्यसकारण, हामीले सन् २०२० लाई आधार वर्षका रूपमा लिएका हौं । यसले हाम्रो आत्मविश्वास बढाउँछ । छिमेकी मुलुक भारत र चीनका उच्च नेतृत्व तथा एसियाली मुलुकका विभिन्न उच्च पदाधिकारीको भेटले हामीलाई उत्साहित बनाएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा दूरगामी महŒव पनि राख्नेछ । युरोपेली आयोगले राखेको कालोसूची हटाउन, आइकाओको आवश्यक मापदण्ड पूरा गर्न र आवश्यक संवाद गर्न पनि हामी लागेका छौं । सुरक्षित र सुरक्षामा हामी कुनै सम्झौता नगरीकन नागरिक उड्डयनको कार्यक्षेत्रलाई प्रस्ट बनाउनेगरी आउँदो हिउँदे अधिवेशनमा कानुन पेस गर्दैछौं ।
० रूख कटानको विषयको मुद्दामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ, यसले निर्माण कार्य प्रभावित हुन्छ कि हुँदैन ?
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक निर्विकल्प विकल्प हो, यसमा सरकार पछि हट्दैन । यसको अरू विकल्प छैन । यो विमानस्थल नेपालका निम्ति एउटा ‘गेम चेन्जर’ आयोजना हो । विशेषज्ञले दर्जनौं ठाउँका अध्ययन गरेपछि यो उपयुक्त स्थल किटान भएको हो । त्यस आधारमा राजनीतिक नेतृत्वले यस आयोजनालाई आत्मसात् गर्दै अगाडि बढाएको हो । र, अहिले सरकार निजगढबाट पछि हट्ने अवस्था छैन । यो अगाडि बढिसक्यो । त्यहाँ जति पनि प्रश्न उठेका छन्, हामी त्यसको व्यवस्थापन गर्छौं । वातावरण जोगाउन के गर्नुपर्छ, त्यो हामी गर्नेछौं ।
हामी वातावरणीय सुरक्षामा सचेत छौं । गौरवका साथ भन्नुपर्छ कि नेपालको ४५ प्रतिशत हिस्सा जंगलले ढाकेको छ र विश्व वातावरण सन्तुलन कायम गर्न यसले महŒवपूर्ण योगदान गरेको छ । हाम्रा हिमालबाट आएको पानी विश्वका कैयौं मानिसको बाँच्ने आधार बनेको छ । त्यसैले सरकार वातावरण सन्तुलनप्रति सचेत हुँदै वातावरणीय पक्षलाई कम क्षति हुनेगरी अघि बढ्छ । हामीले अन्तरमन्त्रालय छलफल र परामर्श गरेका छौं । यसबारे लगानी बोर्डसँग पनि छलफल गरेर निचोडमा पुगिसकेका छौं, त्यसैले हामी यो आयोजना निर्माणको पूर्वतयारीको अन्तिम चरणमा पुगेका छौं । हाम्रा हिमालबाट आएको पानी विश्वका कैयौं मानिसको बाँच्ने आधार बनेको छ । त्यसैले सरकार वातावरण सन्तुलनप्रति सचेत हुँदै वातावरणीय पक्षलाई कम क्षति हुने गरी अघि बढ्छ
० भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँला ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने र त्यहाँबाट हवाई उडान सुरु गर्ने समयावधि (सन् २०२० को मार्चभत्र) किटान गरेका छौं, त्यही समयमै सकिनुपर्छ । यो धराशायी अवस्थामा रहेको आयोजनालाई हामीले यहाँसम्म ल्याएका छौं । हामी यो देखाउन चाहन्छौं कि नेपालमा ठूला आयोजना असफल छन्, समयमा सम्पन्न हुँदैनन् भन्नेलाई नेपालले ठूला राष्ट्रिय गौरवका आयोजना समयमै सफलतापूर्वक सम्पन्न गर्ने क्षमता राख्छ भन्ने सन्देश यही विमानस्थलबाटै प्रमाणित गर्न चाहन्छौं ।
त्यहाँ मैले र मन्त्रालयका सचिवले स्थलगत अवलोकन गरी दैनिक प्रगति विवरण लिइरहेका छौं, अहिले विमानस्थलको भौतिक प्रगति ९० प्रशितभन्दा माथि छ । मलाई विश्वास छ, हामी निर्धारित समयमै सञ्चालन गर्छौं । सञ्चालनको पूर्वतयारी पनि एकसाथ गरिरहेका छौं । विमानस्थलको निर्माणसँगसँगै भन्सार, अध्यागमन, इन्धन व्यवस्थापन आदिको काम टुंग्याइसकेका छौं ।
० नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनको क्रम कहाँ पुग्यो ?
अहिले हामी निगमको आन्तरिक सुधारको प्रक्रियाबाट अघि बढिरहेका छौं । त्यसका निम्ति हाल गठिन नयाँ कार्यदल र पुराना बनेका कार्यदलका सुझाव प्रतिवेदनका आधारमा काम अघि बढाइएको छ । प्रतिवेदन र सरोकारवालाको समान मत के छ भने निगमलाई अहिलेको अवस्थाबाट सुधार्नैपर्छ, निगमलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरेर यसको वित्तीय क्षमता बढाउनुपर्छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि थप जहाज खरिद गर्नुपर्छ । कुन मोडलबाट पारदर्शी खरिद गर्ने यो तय गरिनुपर्छ । यो संस्थाका लागि हामी अन्तरराष्ट्रिय साझेदार पनि खोज्छौं । यसले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउँछ । यही प्रक्रियाबाट मन्त्रालय अघि बएको छ, व्यवस्थापन सुधारको काममा पनि लागेको छ ।
० निगमको संस्थागत सुधारका निम्ति वर्तमान नेतृत्व परिवर्तन गर्ने कुरा पनि उठेको थियो नि ?
मन्त्रालयको तर्फबाट मैले निगमका कार्यकारी अध्यक्ष र उहाँहरूको टिमलाई यसको व्यावसायिक क्षमता बढाउने, संगठनात्मक संरचना चुस्त बनाउने र सेवा क्षमता बढाउने सन्दर्भमा केही प्रश्नसहित कार्ययोजना मागेको छु । कार्यकारी प्रमुखले दिनुहोला । एक चरण ब्रिफिङ पनि गरियो । अब आउने कार्ययोजनामा मन्त्रालयले छलफल गर्नेछ । उहाँहरूको कस्तो प्रस्तुति रहन्छ, सोही आधारमा निर्णय हुन्छ । कुनै पनि मानिसले यदि दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने स्थिति रहेन वा कहिलेकाहीँ त्यो परिस्थितिले प्रतिकूल हुन सक्छ, त्यस्तो हो भने जिम्मेवार व्यक्तिले ठाउँ ओगटेर संस्थालाई डुबाउनुभन्दा बाटो खुल्ला गरिदिएर त्यो संस्थालाई अगाडि आउने मौका दिनुपर्छ । यो शाश्वत कुरा हो ।
(राससका लागि प्रकाश सिलवाल र सवी अधिकारीले गर्नुभएको कुराकानीमा आधारित)
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply