आज भ्रमण वर्ष २०२० को भव्य उद्घाटन
सबै तयारी पुरा, दिपावली गर्न मन्त्री भट्राइको आव्हान
काठमाडौं । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्य समारोहकावीच उद्घाटन हुने नेपाल भ्रमण वर्ष–२०२० को तयारी पुरा भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटनका लागि सबै तयारी पूरा भएको जानकारी दिएका हुन् ।
भ्रमण वर्षको पहिलो दिन दीपावली गरेर यसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउन मन्त्री भट्टराईले सबैसँग आग्रह गरे । उनले भने, ‘भ्रमण वर्षलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ । नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्सवकै रूपमा लिइदिन र बुधबार सबैले दिपावली गरिदिन आग्रह गर्छु ।’ पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष कुनै मन्त्रालयको मात्र कार्यक्रम नभई समग्र नेपालको कार्यक्रम भएको उल्लेख गर्दै सबैले उत्सबको रूपमा मनाउन आग्रह गरेका हुन् । ‘सिंगो देश भ्रमण वर्षको आयोजक हो । सबै क्षेत्र यसका आयोजक हुन्’ उनले भने ‘भ्रमण वर्षले नेपाल स्थिर, शान्ति र समृद्धिको बाटोमा अघि बढेको सन्देश विश्वमा जान्छ,’ उनले भने । भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महŒवपूर्ण बन्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेशस्थित कूटनीतिक नियोगसँग विभिन्न कार्यक्रम तथा छलफल भइसकेको बताए ।
कस्तो छ उद्घाटन कार्यक्रम ?
जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौंको दशरथ रंगशालामा विशेष समारोहसहित राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् ।
राजधानीमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ । भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये चीन, भारत, जमैका, म्यान्मारलगायत १० देशका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको उक्त अवसरमा जानकारी गराइयो । त्यस्तै १८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिति रहने जनाइएको छ ।
भोलि दिउँसो ४ बजेबाट औपचारिक कार्यक्रम सुरु हुने र बेलुकी ७ बजे समापन हुने उद्घाटन समारोहमा सामाजिक संघसंस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतले मार्चपास गर्नेछन् । कार्यक्रममा नेपाली सांस्कृतिक झाँकीसहित राष्ट्रिय कलाकारमार्फत सांगीतिक कार्यक्रम समेत छ ।
धमाधम छुटको घोषणा
भ्रमण वर्षलाई सफल तुल्याउन पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघसंगठनले आफ्ना सेवामा विभिन्न छुट अफर घोषणा गरेका छन् । होटल एसोसिएसन अफ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गर्दै आफ्ना सदस्य कम्पनीबाट सबै सेवामा ३० प्रतिशत छुट अफरको घोषणा गरी सम्बन्धित होटललाई अनुरोध गरेको छ ।
हानले सन् २०२० मा २५ लाख पर्यटक धान्न सक्ने क्षमता रहेको जनाएको छ । हानमा आबद्ध पर्यटकीय स्थलदेखि पाँचतारे होलटसम्म गरी झण्डै दुई हजार होटल आबद्ध छन् । यस्तै पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)ले नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमका साथै संस्थामा आबद्ध कम्पनीबाट २० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा गरेको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि भ्रमण वर्षलाई सफल बनाउन भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ ।े भ्रमण वर्षलाई सहयोग र्पुयाउने उद्देश्यसहित संस्थाले सम्बद्ध ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने घोषणा गरेको नाट्टाले जनाएको छ ।
त्यस्तै, नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले भ्रमण वर्षको अवधिमा १५ प्रतिशत छुटको घोषणा गरिसकेको छ । घरबास कार्यक्रम ‘होमस्टे’ एसोसिएसनले भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ । देशका ५७ जिल्लामा ६ सयभन्दा बढी घरबास सञ्चालनमा रहेका छन् । ठमेल पर्यटन विकास परिषद्ले पनि भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रम भर्षैभरि गर्ने जनाएको छ । पर्यटन क्षेत्रमा आबद्ध ४० भन्दाबढी संस्था छन् ।
राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्दै आएको प्यासिफिक एसिया ट्राभल (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्षलाई सफल बनाउन अन्तरराष्ट्रिय इभेन्ट गर्दैछ । पाटा नेपालले सन् २०२० को फ्रेबुअरीमा नाइस कार्यक्रम (नेपाल भारत चाइना एक्सपो) आयोजना गर्दैछ भने हिमालयन ट्राभल मार्टको चौथो संस्करण पनि गर्नेछ ।
‘पर्यटनलाई आर्थिक विकासको प्रमुख आधार भनेका छौं’
योगेश भट्राई, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
हामी ‘नेपाल भ्रमण वर्ष–२०२०’को शुभारम्भको पूर्वसन्ध्यामा छौं । नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौंको दशरथ रंगशालामा भव्यताका साथ हुँदैछ । ठीक त्यही दिन सातैवटा प्रदेशहरूमा पनि एकसाथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ हुनेछ । हामीले यसका लागि आवश्यक तयारी पूरा गरेका छौं ।
म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ । त्यसयताका अधिकांश मेरो समय यही ‘नेपाल भ्रमण वर्ष–२०२०’को तयारीमा खर्चिएँ । यसबीचमा अनेकौं छलफल र बैठकहरू सम्पन्न गरेका छौं । करिब एक सयभन्दा बढी संघसंस्था, सरकारी तथा सरोकारवाला निकायहरूसँग छलफल ग¥यौं । निजी क्षेत्र, गैरसरकारी संस्थाहरू, अन्तर्राष्ट्रिय क्षेत्र, नेपालस्थित कूटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वयंसेवी समूह–संगठनलगायत अनेकौं क्षेत्रहरूसँग हामीले छलफल ग¥यौं ।
सरकारले २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरेको छ । वास्तवमा देशभित्र भएका ती छलफलहरू २० लाख पर्यटक कसरी भिœयाउने ? केवल त्यसमा मात्रै केन्द्रित थिएन । राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सवका रूपमा कसरी मनाउन सकिन्छ ? राष्ट्रिय महाअभियानका रूपमा कसरी लैजान सकिन्छ ? के–के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ? र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरू कसरी पूरा गर्न सकिन्छ ? ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक र सामाजिक असमानताहरूको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ । हाम्रो ध्यान र छलफल त्यतातिर केन्द्रित थियो । र, त्यसैतर्फ केन्द्रित हुनेछ ।
हाम्रो प्रयास र प्रयत्न सिंगो मुलुकलाई उत्सवमय बनाउने हो । हरेक नेपालीहरूलाई यो अभियानमा जागरुक र उद्वेलित बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनु हो । विश्वभरिका लगानीकर्ताहरूलाई नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो ।
संख्या त छँदैछ, हामीले त्योभन्दा बढी विश्व समुदायमा नेपालबारे दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौं । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउने छ ? पर्यटन क्षेत्रबाट राजस्व तथा रोजगारी कति बढ्नेछ ? समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कस्तो योगदान दिनेछ ? पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्रान्डिङमा कस्तो परिवर्तन आउनेछ ? यही प्रश्नहरूलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौं । आगामी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरूको वास्तविक समाधान पनि हँुदै जानेछ ।
आजसम्मका अनेकौं छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले हामीलाई उत्साही नै बनाएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साही छौं । सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नुभएको प्रतिबद्धताले हामीलाई थप ऊर्जा थपिएको छ । हामीले छलफलकै क्रममा सबै राजनीतिक दलका प्रमुखहरूसँग पनि छलफल गरेका छौं । यसलाई राष्ट्रिय उत्सवकै रूपमा लैजानुपर्नेमा उहाँहरूको जोड छ । सरकार यो अभियानको सहजकर्ता र व्यवस्थापक मात्रै हो, सिंगो देश यो अभियानको आयोजक हो । सबै राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्था, गैरसरकारी संस्था सबै आयोजक हुन् ।
हामीले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा छलफल गरेका छौं । महामहिम राजदूतहरूले साँच्चिकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रियासहित खुसी व्यक्त गर्नुभएको छ । हामीले भनेको संख्या र सन्देश दुवैका लागि त्यो छलफल उपलब्धिमूलक ठानेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिरहेका अनेकौं संस्था पनि छलफल गरेका छौं ।
सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’को शुभारम्भको दिन सबैलाई देशभरि दीपावली गरेर स्वागत गर्न आह्वान गरेको छ । सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीतिक नियोगका कार्यालहरूमा सबैले दीपावली गर्नुहुनेछ । त्यो दीपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको संकेत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालैउज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाईंहरूमार्फत आमजनसमुदायलाई अपिल गर्न चाहन्छु, त्यो दिन सबैले दीपावली गरांै । र दुनियाँलाई भनौं, ‘अबको हाम्रो यात्रा उज्यालोतर्फ अघि बढेको छ ।’
‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीदेखि शुभारम्भको पूर्वसन्ध्यामा आइपुग्दासम्म अर्को खुसीको विषय हो, नेपाली सञ्चार क्षेत्र र तपाईं सञ्चारकर्मीहरूले महŒवपूर्ण भूमिका । वास्तवमा यो देशको प्रतिष्ठासँग गाँसिएको कार्यक्रमका रूपमा लिएर तपाईंहरूले यसको प्रचारमा गर्नुभएको सकारात्मक योगदान असाध्यै प्रशंसायोग्य छ । देशलाई भ्रमण वर्षमय बनाइ मनाउनका निम्ति साँच्चिकै सञ्चार क्षेत्रको पनि अभूतपूर्व एकता र सहयोग देखिएको छ ।
पर्यटनलाई नेपालको आर्थिक विकासको महŒवपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्नेछौं । २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौं । सरकारको त्यो दशक अभियानमा यहाँहरूको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ ।
शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघसंस्थाहरू, सामाजिक क्षेत्र, स्वयंसेवी समूह–संगठन, सामाजिक संघसंस्थाको ब्यानर र पोसाकसहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति रहनेछ । नेपालका ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलक प्रस्तुतिहरू रहनेछन् ।
अब मु्लुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको छ । पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येको एक बनाउने सरकारको योजना छ । पर्यटनबाट नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ ।
यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौं । पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्रान्डिङ हाम्रो प्राथमिकता हो । मानव संशाधनको विकास, सांस्कृति सम्पदाहरूको विकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिँदै आएका छौं । नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ सँगसँगै हामी यी कामहरूलाई अघि लैजानेछौं । यो यात्रामा तपाईं हामीसँगै र साथै रहनेछौं ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply