काठमाडौं डाकेर किन अन्तै हान्निए प्रचण्ड ?
काठमाडौं । तीन नम्बर प्रदेशको राजधानी र नामांकनबारे विवाद चर्किएको र सभामुख चयन हुन नसक्दा हिउ“दे अधिवेशसनका लागि डाकिएको संसद् बन्धक बनिरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगेर फर्किएका छन् । ११ र १६ पुसमा डाकिएको प्रतिनिधिसभा बैठक दोस्रोपटक २७ पुसका लागि सारिँदा हिउ“दे अधिवेशन अघि बढ्न करिब एक महिना ढिलाइ भइसकेको छ ।
आश्चर्य त के छ भने नेकपाको ३ नम्बर प्रदेशसभा संसदीय दलमा गर्मागर्मी बहससँगै चर्किएको विवाद मत्थर पारेर राजधानीसम्बन्धी केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन गराउन प्रचण्ड मंगलबार बिहानै हेटौंडा जाने व्यापक चर्चा चलेको थियो । तर, द्वन्द्वकालमा जस्तो पूर्वमा हल्ला चलाएर पश्चिमतिर छापामारले हमला गरेजस्तै शैलीमा हेटौंडाकै हल्लाबीच सोमबार एक रात सुकुटे बिचमा बिताएर हिजै बिहान प्रचण्ड काठमाडौं फर्किए । जबकि, नेकपाको प्रदेश नेतृत्वलाई राजधानी र नामांकनबारे सल्लाह गर्न भन्दै अध्यक्ष केपी ओली र प्रचण्डले सोमबारै काठमाडौं बोलाएका थिए । प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्दप्रसाद पोखरेल भने संसद् बैठक नै केही दिन सार्न लगाएर हतारहतार सोमबारै काठमाडौं फर्किएका थिए । उच्च स्रोतका अनुसार प्रदेशसभाको क्षेत्राधिकारमै हस्तक्षेप हुनेगरी नेकपाको सचिवालयले निर्णय गरेको भन्दै आलोचना बढेकाले प्रदेश संसदीय दलमै गएर पुनः निर्देशन दिने अन्तिम तयारीबाट प्रचण्ड ‘ब्याक’ भएका हुन् । प्रचण्डस“गै महासचिव विष्णु पौडेल पनि हेटौंडा जाने तयारी थियो । त्यसको सट्टा प्रदेशको पार्टी नेतृत्वको कुरा पनि अझ राम्रोसँग सुन्ने, उनीहरूका कतिपय असन्तुष्टिलाई पनि सम्बोधनको प्रयास गर्ने र सुझबुझसहितको विकल्प अपनाएर केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन गराएरै छाड्ने योजनाका साथ प्रदेश नेतृत्वलाई काठमाडौं बोलाइएको छ । पुन ःनिर्देशन दिदा असन्तुष्टहरूको ठूलो समूहले फल्लोर क्रस गर्दा पार्टीलाई हुन सक्ने सम्भावित नोक्सानीको नेतृत्वले पूर्वआ“कलन गरेरै निर्णय कार्यान्वयनमा एक कदम पछि हटेजस्तो गरेर दुई कदम अघि बढ्ने बाटो रोजेको विश्लेषण गरिएको छ । काठमाडौं फर्किएका तीन नम्बर प्रदेश पदाधिकारीहरूले बुधबारसम्म नेतृत्वसँग छलफल गर्नेछन् ।
त्यसो त लामो समयसम्म पार्टीकै कारण संसद् बन्धक बन्ने र त्यसले आलोचना बढ्ने निश्चित भएपछि सोमबार बिहान ओली र प्रचण्डबीच सभामुख चयनमा दुई घन्टाभन्दा बढी खुलेरै कुराकानी भएको छ । यसअघि उनीहरूबीच सुवास नेम्वाङलाई नै अघि सार्ने सहमति भइसके पनि पूर्वमाओवादी समूहको दबाबका कारण प्रचण्ड ब्याक भएका थिए । ओलीसँग एउटा सहमति गरेर उनले आफूनिकट नेतालाई भने अहिलेसम्म सहमति नभइसकेको भन्दै थामथुम पार्दै आएका थिए । तर, पछिल्लो छलफलमा भने एउटा सहमति गरेर फेरि ब्याक हुने कुराले राम्रो नगर्ने भन्दै ओली कडीकडाउका साथ प्रस्तुत भएपछि प्रचण्डले तनाव महसुस गरेको बताइन्छ । एकातिर उपसभामुख डा. शिवामाया तुम्बाहम्फेलाई नै सभामुख बनाउनुपर्ने राष्ट्रपति डा. विद्या भण्डारीको दबाब, अर्कातिर प्रचण्डले दोहोरो चरित्र देखाएपछि प्रधानमन्त्री ओली अलि कडा रूपमै प्रस्तुत भएको बालुवाटार स्रोतको भनाइ छ । दुई अध्यक्षको ढाडसबाट ढुक्क भएका नेम्वाङले पनि खुलेरै आफैं सभामुख बन्ने प्रस्ट संकेत गरिसकेपछि अन्यथा निर्णय लिन ओली–प्रचण्ड दुवैले असहज महसुस गरेको बताइन्छ । धेरै तनाव महसुस गरेका बेला प्रचण्ड वर्षमा कम्तीमा दुई पटकसम्म सुकुटे बिच पुग्ने गरेका छन् । तर, उनीनिकट स्रोतले भने यसपटक भने त्यही खुलेको नयाँ रिसोर्टको लगानीकर्ताको आग्रहमा आराम गर्न सपरिवार प्रचण्ड त्यहाँ पुगेका हुन् । उनी ती व्यापारीको गोदामचौरस्थित घरमा समेत पुगेको बताइएको छ ।
२७ गते संसद बोलाइएका कारण २४÷२५ गतेभित्रै सभामुख चयन गरिसक्नुपर्ने दबाबमा ओली–प्रचण्ड छन् । नेम्वाङलाई सभामुख बनाइए उपसभामुख तुम्बाहम्फेलाई राजीनामा दिन लगाएर मन्त्री बनाउने, त्यस्तै अर्का दाबेदार अग्नि सापकोटालाई पनि मन्त्री बनाउने कि भन्ने विकल्प पनि चर्चामा आएको छ । यद्यपि, पूर्वमाओवादी समूहबाटै त्यसो गर्दा आत्मसमर्पण हुने भन्दै प्रचण्डमाथि पनि उत्तिकै ठूलो दबाब परेको छ । बरु, सापकोटाको विकल्पमा पूर्वमाओवादीबाटै जनाद्र्धन शर्मा वा टोपबहादुर रायमाझीको नाम सार्न पनि उनीमाथि दबाब छ । पार्टीमा कार्यकारी अधिकारसहितको अध्यक्ष बने पनि अडानमा नअडिने भन्दै दोस्रो तहका पूर्वमाओवादी समूहका प्रभावशाली नेताहरूले प्रचण्डमाथि कम विश्वास गर्न थालेको पृष्ठभूमिमा प्रचण्ड सुकुटे पुगेर फर्किएका छन् । पूर्वमाओवादी समूहका धेरै नेताले ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि बाक्लै सम्बन्ध राखेर नजिकिने प्रयास गरेकाले प्रचण्डमाथि पूर्वमाओवादी समूहलाई नै एकढिक्का राख्न नसकेको हो कि भन्ने विश्लेषण हुन थालेको छ । पूर्वमाओवादीभित्रको रामबहादुर थापा ‘बादल’ समूह मात्र होइन, पछिल्लोपटक पूर्वएकता केन्द्र मसाल–नारायणकाजी श्रेष्ठ समूह पनि ओली र नेपालस“ग पनि समदूरीको सम्बन्धमा रहेको चर्चा चल्दै आएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply