नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता गरेका छन् । त्यसमध्ये पन्त समूहलाई प्रगतिशील पक्षधर व्यवासायीहरूको साथ रहेको बताइन्छ । त्यति मात्र होइन, पन्तले नेतृत्व गरेको टिम खारिएको, व्यावसायिक हकहितका लागि लड्न सक्ने र वरिष्ठ व्यवसायीहरू आबद्ध रहेको छ । पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल, सचिवमा जिस्वाँ तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सहकोषाध्यक्षमा युविका भण्डारीले उम्मेदवारी दर्ता गराएका छन । कार्यसमिति सदस्यमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु खत्री, लक्ष्मी कार्की अधिकारी, चुँडाबहादुर जिम्बा, गीता अधिकारी डेन्डी शेर्पा, रामसोभित नायकले उम्मेदवारी दर्ता गराएको नाट्टा सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिव राकेश धमला, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल, रमेश थापाले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी अध्यक्षको अर्का प्रत्यासिका रूपमा नाट्टाका पूर्वमहासचिव शाह र धाख्वा समूहले पनि मनोनयन दर्ता गराएका छन । नाट्टा सचिवालयका अनुसार धाख्वाको १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फुदोमा शेर्पा रहेका छन् । कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटाले मनोनयन दर्ता गराएको नाट्टा सचिवालयले जानकारी दिएको छ । तीनवटै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता समेत सार्वजनिक गरिसकेका छन् ।
अध्यक्षका प्रत्यासी गुरागाईंले नाट्टा र पर्यटन क्षेत्रको स्तरोन्नतिका लागि आफू सक्रिय ढंगले लागिपर्ने र भ्रमण वर्ष अभियानलाई सफल बनाउन प्रभावकारी भूमिका खेल्ने बताएका छन् । अर्का प्रत्यासी पन्तले व्यावसायिक एकताका साथै पर्यटन प्रवद्र्धनमा जोड दिने बताएका छन् । दुईवर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचनले पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जम्मा १७ सदस्य कार्यसमितिमध्ये थप दुईजना सदस्य मनोनीत गरिनेछ ।
निर्वाचनमा कुल ४ सय ९८ मतदाता छन् । पर्सि हुने चुनावी भिडन्त रोचक बन्ने देखिएको छ । नयाँ नेतृत्वका लागि तीन समूहले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply