यस्ता छन् टेलिकमका लोकप्रिय डाटा र भ्वाइस प्याक
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरूको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरू निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरू समेत निकै नै लाभान्वित भएको पाइएको छ ।
हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घन्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक निकै नै रुचाइएका छन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् ।
एक घन्टा अनलिमिटेड प्याक
यो प्याक २० रुपैयाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात एक घन्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रूपमा प्रयोग गर्न सकिन्छ । एक घन्टासम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकाले यो प्याक निकै नै रुचाइएको छ ।
डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याकअन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिनेछ । सो प्याक खरिद गरेको २४ घन्टाभित्र उपयोग गर्न सकिनेछ । उदाहरणका लागि बिहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजेसम्म र भोलि बिहान फेरि १० बजेसम्म प्रयोग गर्न सकिन्छ । आफ्नो आवश्यकताअनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्न यो प्याक निकै नै उपयोगी बनेको छ ।
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकअन्तर्गत १२ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ ।
अनलिमिटेड नाइट डाटा प्याक
अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राति ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ । त्यसैगरी ९० रुपैयाँमा सात दिनसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनुपर्ने व्यवसायीहरूका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु
काठमाडौं । आगामी वैशाख २३–२५ मा हुने २५६४औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी आजबाट सुरु भएको छ । सम्मेलन मूल आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज पहिलो बैठक बसी सम्मेलन तयारीको काम सुरु गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न आयाममध्ये बुद्धको जन्मस्थल पनि एउटा भएको भन्दै यो सम्मेलनले नेपाललाई त्यही उचाइबाट चिनाउन सफल हुने बताए । लुम्बिनी र बुद्धबारेमा जति धरै चर्चा ग¥यो, नेपालको छवि त्यत्ति नै माथि जाने उल्लेख गर्दै मन्त्री भट्टराईले यो बौद्ध सम्मेलनलाई भ्रमण वर्ष–२०२० को अवसरसँग पनि जोडेर हेर्नुपर्ने बताए । सम्मेलनमा बुद्ध र बुद्धिज्मको अध्ययनतथा अनुसन्धानका लागि आउनेहरूबाट नेपाल भ्रमणको प्रचारमा पनि ठूलो टेवा पुग्ने उनको भनाइ थियो । विगतमा बौद्ध सम्मेलन गर्दा हलको समस्या भोग्नु परे पनि यसपटक नेपाल सरकारले पाँच हजारजना अट्ने सभाहल (विश्व शान्ति ध्यान केन्द्र) बनाएको र यसपटक सम्मेलन त्यही स्थानमा हुने भन्दै मन्त्री भट्टराईले यसपटक सम्मेलन केन्द्रका बेला लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सञ्चालनमा ल्याउने अधिकतम प्रयास भइरहेको जानकारी गराए ।
सम्मेलन सम्पन्न गर्न सरकारले यसअघि नै आयोजक समितिको सदस्य सचिवमा पासाङ शेर्पालाई नियुक्त गरेको छ । मन्त्री अध्यक्ष रहने आयोजक मूल समितिमा ९५ जना सदस्य रहेका छन् । आजको बैठकले सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न करिब २० वटा विभिन्न उपसमिति पनि गठन गरेको छ । जसमा अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन, आर्थिक व्यवस्थापन, कपिलवस्तु समन्वय, रामग्राम समन्वय, देवदह समन्वय, प्राज्ञिक, अन्तरनिकाय समन्वय, सुरक्षा प्रबन्ध, अतिथि सत्कार, कार्य सम्पादन, आवास प्रबन्ध, यातायात प्रबन्ध, स्वयंसेवक व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार, सांस्कृतिक तथा प्रवद्र्धन, हस्तकला व्यवस्थापनलगायत छ ।
सम्मेलनमा भाग लिन श्रीलंकाका राष्ट्रपति, थाइल्यान्डका प्रधानमन्त्री, म्यानमारका स्टेट काउन्सिलर, भारत, चीन, भियतनाम, कम्बोडिया, लाओस, जापान, दक्षिण कोरिया, भुटान, मंगोलिया, मलेसिया, सिंगापुर, बंगलादेश, अमेरिका, बेलायत, रसिया, कोस्टारिका, फ्रान्स र जर्मनका संस्कृति तथा धार्मिक मामिलामन्त्री तथा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुन, भारतका सिक्किम, लद्धाख, अरुणाञ्चल, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, उत्तराखण्डका मुख्यमन्त्री, तिव्बतका गभर्नरका साथै युएन डब्लूटीओका महासचिवलाई पनि आमन्त्रण गर्ने भएको छ । यसपटक सम्मेलन साताव्यापी मनाउने निर्णय पनि बैठकले गरेको छ, जसमा पहिलो दिन वैशाख १९ लुम्बिनी, भैरहवा, कपिलवस्तु, रामग्राम क्षेत्र सरसफाइ, २० गते लुम्बिनीमा रक्तदान, २१ गते रूपन्देही र कपिलवस्तुका विभिन्न स्थानमा वृक्षरोपण, २२ गते म्याराथुन दौड र सांस्कृतिक कार्यक्रम रहेका छन् । त्यस्तै अन्तराष्ट्रिय सम्मेलनका तीन दिन अहोरात्र परित्राण पाठ, विश्वशान्ति ¥यालीलगायत कार्यक्रम गर्ने भएको छ ।
नेपालले सन् २०१६ देखि दुई–दुई वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply