साधारणसभाको सकसमा बिमा कम्पनी
काठमाडौं । राष्ट्रिय बिमा संस्थानले आइतबार ५३औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा योजनामा आधारित सामाजिक सुरक्षामा जनतालाई समेट्न सकिए सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताए । ‘सामाजिक सुरक्षा नागरिकको मौलिक हक हो भनिएको छ, बिमा योजना योगदानमा आधारित सामाजिक सुरक्षा हो,’ उनले भने, ‘यसमा बढीभन्दा बढी नागरिकलाई ल्याउन सकियो भने सबैलाई सामाजिक सुरक्षा भनेर घोषणा गरिएको सर्वव्यापी लक्ष्य र अवधारणा पूरा हुन्छ ।’
जीवन बिमा कोषमा दुई खर्ब ६५ अर्ब ७१ करोड संकलन
मुलुकमा जम्मा १९ वटा जीवन बिमा कम्पनी छन् । त्यसमध्ये राष्ट्रिय बिमा संस्थान अग्रणी हो । अहिले राष्ट्रिय बिमा संस्थानको जीवन बिमा कोषमा सञ्चित रकम २५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । मुलुकका १९ वटा जीवन बिमा कम्पनीमध्ये बिमा कोष र बिमा शुल्क संकलनमा संस्थानले क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको तथ्यांकले पुष्टि गरेको छ ।
चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा १९ जीवन बिमा प्रदायक कम्पनीको जीवन बिमा कोषमा दुई खर्ब ६५ अर्ब ७१ करोड संकलन भएको छ । २०२४ फागुनदेखि निर्जीवन र त्यसको पाँच वर्षपछि जीवन बिमा सुरु गरेको संस्थानले कानुनी अड्चनका कारण २०७१ सालपछि जीवन बिमा मात्र गर्दै आएको छ । संस्थामा हाल बिमा गर्नेको संख्या ६ लाख ८९ हजार छ ।
केन्द्रीय कार्यालयसहित मुलुकका १४ स्थानमा रहेका शाखा कार्यालयमा १०३ कर्मचारी कार्यरत रहेको संस्थानले आइतबार ५३औं वार्षिकोत्सव मनाएको हो । चालु वर्षभित्रै थप १० शाखा विस्तार गर्ने संस्थानको तयारी छ । संस्थानले अभिकर्तालाई उत्प्रेरित गर्न पुनर्ताजगी र प्रोत्साहन कार्यविधिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ ।
वार्षिकोत्सवमा नयाँ स्किम
संस्थानले सेवालाई प्रविधिमैत्री, भरपर्दो र सहज तुल्याउन यसै आर्थिक वर्षदेखि नयाँ सफ्टवेर, मोबाइल एप्स, एसएमएस सेवा र वेबसाइटलाई व्यवस्थित गरिएको जनाएको छ । ग्राहकको मागअनुरूप दोहोरो दुर्घटना लाभलाई वृद्धि गरी रु ५० लाख पु¥याउनका साथै घातक रोगको सुविधा स्वीकृतिको अन्तिम अवस्थामा रहेको जानकारी कार्यक्रममा दिइयो । निजामती कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सार्वजनिक विद्यालयका शिक्षकको जीवन बिमा कार्यक्रम संस्थानले सुरु गरेको छ ।
त्यति मात्र होइन, संस्थान हाल लघु बिमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छ । सेयर पुँजी, जीवन बिमा व्यवसायबाट प्राप्त बिमा शुल्क र जीवन बिमा कोषको लगानीबाट प्राप्त प्रतिफल संस्थानका मुख्य वित्तीय स्रोत हुन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, जलविद्युत् उत्पादन कम्पनी लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, नेपाल इन्भेस्टमेन्ट, सनराइज, एनआईसी एसिया र लक्ष्मी बैंकलगायत देशका महŒवपूर्ण संस्थामा संस्थापक तथा साधारण सेयर संस्थानको रहेको छ ।
१० वर्षदेखि लेखापरीक्षणविहीन
संस्थानले जति राम्रो स्किम र योजना ल्याए पनि १० वर्षभन्दा बढी समयदेखि लेखापरीक्षण र साधारणसभा भने हुन सकेको छैन । आर्थिक पारदर्शिता र सुशासनका लागि यो अत्यावश्यक कुरा हो । जीवन बिमामा बिमांकीय मूल्याकन नभई लेखा परीक्षण हुन नसक्ने र लेखापरीक्षण नभई साधारणसभा हुन नसक्ने अवस्था हुन्छ । त्यसैले आइतबार वार्षिकोत्सव मात्र भएको हो । संस्थाको लामो समयसम्म लेखापरीक्षण हुन नसकेका कारण कतिपय बिमाकर्तामा आर्थिक गतिविधिका सम्बन्धमा आशंका पैदा भएको छ । धेरैजसो सामाजिक सुरक्षाहरू योगदानमा आधारित हुन्छन् । बिमा पनि मूलतः योगदानमा आधारित सामाजिक सुरक्षा नै हो । र, योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा बढीभन्दा बढी मान्छे ल्याउन सकियो भने मात्रै सामाजिक सुरक्षाको सर्वव्यापी अवधारणा पूरा हुने विज्ञहरू बताउँछन् ।
२२ प्रतिशत जनता बिमाको दायरामा
हाल २२ प्रतिशत जनसंख्यामा जीवन बिमा पुगिसकेको छ । त्यसैले, विज्ञहरू बिमाको दायरा अझै धेरै बढाउनुपर्ने बताउँछन् । कमसेकम जीवन बिमाको दायरा र त्यसमा पनि स्वास्थ्य बिमाको दायरालाई देशव्यापी बनाउन सरकारले पनि पहल गरिरहेको बताएको छ । वित्तीय पहुँच नबढाई बिमामा जोडिन नसक्ने भएकाले जसको वित्तीय पहुँच पुग्दैन, उनीहरूलाई सरकारले सघाउने रणनीति अघि सार्नु आवश्यक छ । त्यति मात्र होइन, चरम गरिबीमा रहेका परिवारहरूले बिमाको प्रिमियम तिर्न नसक्ने अवस्था छ । नेपालमा चरम गरिबीको पीडामा साढे १६ लाख परिवार छन् । ३५ सय रुपैयाँमा परिवारकै बिमा गरिदिने र एक लाख रुपैयाँसम्मको उपचार सेवा दिने सरकारको घोषणा छ । त्यो सेवालाई निरपेक्ष गरिबीको रेखामुनि रहेकाहरूका लागि निःशुल्क गरेको बताइन्छ ।
त्यो निःशुल्क गरेपछि साढे १६ लाख परिवारका ७५ लाख नागरिक बिमाको दायरामा आउँछन् । संस्थागत रूपमा सेवा पु¥याउने काम बिमा संस्थानको हो । यो संस्थान जेठो बिमा कम्पनी पनि हो ।
साधारणसभा गर्न अधिकांशलाई समस्या
चालु आर्थिक वर्षभित्र अघिल्लो आर्थिक वर्षको साधारणसभा गर्न असफल भएपछि केही बिमा कम्पनी नियामक निकाय बिमा समितिको कारबाहीमा परेका थिए । त्यसैले अधिकांशको समस्या साधारणसभा नै रहेको छ । कम्पनी रजिस्ट्रारको कार्यलायबाट सञ्चालनमा रहेका १९ जीबनबिमा, २० निर्जीवन बिमा र एउटा पुनर्बिमा कम्पनीसमेत गरी ४० बिमा कम्पनीमध्ये अधिकांशलाई यो समस्या परेको थियो । कम्पनी ऐन २०६३ को प्रावधानअनुसार कुनै पनि पब्लिक कम्पनीले वार्षिक साधारण सभाका लागि कम्तीमा २१ दिनअघि र विशेष साधारणसभाको हकमा कम्तीमा १५ दिनअघि नै सूचना जारी गर्नुपर्ने प्रावधान राखेको छ । बिमा कम्पनीहरूले नियमनकारी निकायको निर्देशनलाई नटेर्ने, समयमा लेखापरीक्षण नगर्ने, साधारणसभा नगर्नेेजस्ता अराजक अवस्था सिर्जना भइरहेको छ । पुँजी कम भएका कम्पनीहरूको मर्जर होस् भनी मर्जर निर्देशिका जारी गरिएकोमा कम्पनीहरू मर्जरमा जान पनि समय लागेको छ । तोकिएको चुक्ता पुँजी पूरा गर्न पनि नसक्ने स्थितिका कारणले सिंगो बिमाक्षेत्र अल्मलिएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार निर्जीवन बिमा कम्पनीहरूको दाबी भुक्तानीको अवस्था त्यति सन्तोषजनक हुन सकिरहेको छैन । बिमाक्षेत्रमा ठगी र अपारदर्शी क्रियाकलापले प्रश्रय पाउन थालेको छ । तर, आमजनतामा बिमा साक्षरता वृद्धि गर्नु जरुरी रहेको विज्ञहरू बताउँछन् । बिमा समितिले चालु आर्थिक वर्षको असार मसान्तभित्रमा जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीहरूलाई १ अर्ब पुँजी पु¥याउन निर्देशन दिएको थियो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply