न्हुज खलः कवितामा देश चिन्तन
कविताको के काम ? कविताले खान दिन्छ ? दिँदैन । साहित्यिक गतिविधिमा डुल्दा उल्टै खर्च हुन्छ । कवि बेखर्ची र बेरोजगारी हुन्छ ।
यो कथनको पूर्णतः अन्त्य भएको छैन तर टोखास्थित न्हुज खलः (नयाँ किरण समूह) ले उक्त कथनलाई अन्त्य गराउन सहयोग मिल्ने खालको एक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ । युवाहरूमा राष्ट्रियतासहित साहित्यको जागरण ल्याउने पहल लिएको छ । टोखामा पुस्तकालयसमेत सञ्चालन गरिरहेको सो समूहको होस्टेमा हैंसेको काम टोखा नगरपालिकाले गरिरहेको छ । टोखा आफैंमा एक ऐतिहासिक नगरी हो, यस नगरीका युवाहरूको सक्रियतामा स्थापित उक्त समूहले साहित्यिक क्षेत्रमा आफूलाई स्थापित गरेको छ ।
यही फागुन ११ गते राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय युवा कविता प्रतियोगिताको सफलतापछि सहभागीहरूले उत्साह महसुस गरेका छन् । सार्वजनिक आह्वानका आधारमा १ सय ६० युवा कविले प्रतियोगितामा कविता बुझाएकोमा छानिएका सय कविलाई फागुन ९ गते नै काठमाडौं बोलाइएको थियो । उनीहरूले अघिल्लो दिन राष्ट्रिय युवा कार्यशालामा भाग लिए भने आपसमा घुलमिल र अनौपचारिक संवाद पनि गरे । तीमध्ये वाचनका लागि २५ हुँदै ६ वटा कवितालाई निर्णायक समितिको निर्णयका आधारमा पुरस्कृत गरिएको थियो ।
स्थानीय तहमा जनप्रतिनिधिको आगमनपछि विकास निर्माणका साथै कला, साहित्य र सम्पदाको संवद्र्धन र प्रवद्र्धनमा पनि केही देखिने कामको थालनी भएको संकेतमा रूपमा यसलाई लिन सकिन्छ । कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य ईश्वर पोखरेलको रुचिपूर्वक दुई घन्टासम्मको उपस्थिति, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको कवितामय प्रस्तुति, निर्णायक समितिमा ख्यातिप्राप्त कवि एवं राससका कार्यकारी अध्यक्ष श्यामलको नेतृत्वमा डा. विन्दू शर्मा र स्नेह सायमिको संलग्नताले प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवभन्दा कमजोर थिएन । अझ यसमा राष्ट्रियतामा युवाको मनोभावलाई प्रतिबिम्बन खिच्ने अवसर साबित भएको छ ।
हुन त कविहरू प्रतिपक्षी र प्रगतिशील हुन्छन् तर मुलुकका सरकार लोकतान्त्रिक र समाजवादोन्मुख ढंगले अघि बढेको छ भने त्यसलाई पनि प्रहारका नाममा प्रहार नै गर्नुपर्छ भन्ने छैन । राम्रा कुराको प्रेरणा र हुनुपर्ने सुधारका लागि कविहरूले कलम चलाइ नै रहेका छन् । त्यसैले, आयोजकले ‘बन्दैछ मेरो देश, सहभागिता मेरो पनि’ भन्ने थिमलाई मूल प्रवाहीकरण गरेको थियो ।
प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको थियो । कविताले देश बाहिरबाट देशको मायाका उडानहरूलाई आफ्ना मनको आकाशमा प्रवाहित गरेको छ ः
‘काम सकेर विश्रामहरूमा
आमासँग फोनमा बोलेर
फोनको भिडियो कलेक्सनमा
छोरीको मनोरम मुस्कान हेरेपछि
हिमाली पृष्ठको मैदानी फोटो छातीमा टाँसेर
आँखा खोलेर बन्द गर्छु आफूलाई
र हेर्छु
मेरो घरमाथिको आकाश हुँदै
आइपुगेको यो तेजिलो सूर्य
मेरो मूल ढोकाबाट चूल्हो चिहाएर
फर्केको यो चहकिलो जुन
मेरो आमाका आँसु बफाई वर्षा बोकेर
आएको यो घनघोर बादल
मेरो खरबारीको काफल चाखेर
खबर ल्याइआएको यो रंगीन चरा
मेरो मुलुकको माटोलाई सुस्तरी छोएर
देशको हरक बोकी आएको यो मधु पवन
सबैसबै प्रिय लाग्छन्
आफ्ना लाग्छन्
कि,
मैले ताप्ने न्यानो घाम
पे्रयसी भुल्ने जुन
मलाई भिजाउने बादल
मेरो गीत गाउने चरी
सबै उनै त हुन्
सबै उताकै त हुन्
जसले मेरो पाखासँग पनि चुम्बन भोगेका छन्
आहा मेरो माटो
म जति टाढा आएँ
यहाँ पो देश पाएँ
भित्र बाट होइन
घर त बाहिरबाट सुन्दर लाग्दोरहेछ
जसरी बाहिर बसेर देश
भव्य देखिरहेछु म
र
सीमा भन्दा देश, महसुस रहेछ एक ।’ (‘देश बाहिरबाट देश’)
प्रतियोगितामा झापाका केशव भट्टराई द्वितीय र उदयपुरका जीवन आरोही तृतीय तथा पोखराका प्रकाश आचार्य, रौतहटका मनोजकुमार विश्वकर्मा र काठमाडौं बत्तीसपुतलीका सुनीता भेटवालले सान्त्वना स्थान हासिल गरेका थिए । निर्णायक समितिका संयोजक श्यामलले भनेझैं कविताहरू अक्सर सरदर थिए र प्रोत्साहन दिन लायक पनि थिए । श्यामलले कवितामा ठूलाठूला शब्दहरू प्रयोग नगर्न र त्यसले कवितालाई कुरूप नबनाउन भनी दिएको मन्तव्य रोचक र मननीय थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई ३० हजार र सान्त्वना पाउनेलाई १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो । प्रतियोगितामा एक सय प्रतिस्पर्धीले भाग लिएका थिए । तीमध्येबाट प्रथम चरणमा ५०, द्वितीय चरणमा २५, तृतीय चरणमा १५ गर्दै चौथो चरणमा १५ जनाबाट उत्कृष्ट ६ जना छनोट गरिएको थियो । सोही अवसरमा ५० हजार रुपैयाँ र सम्मानपत्रका साथ न्हुज प्रगतिशील साहित्य पुरस्कार पूर्ण वैद्यलाई सम्मान प्रदान गरियो ।
उपप्रधानमन्त्री पोखरेलले कविले कवितामार्फत राष्ट्रभक्ति भावना जागृत गरेको बताउँदै साहित्यकारका सिर्जनाले जागरण र रूपान्तरणमा मद्दत मिल्ने गरेको विचार प्रकट गर्दै भने, ‘प्राकृतिक स्रोत र साधनको उपयोग गर्दै युवाहरू उत्पादनमूलक कार्यमा जोडिनुपर्छ । युवाले अब विदेशमोह त्याग्दै राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्ने बेला आएको छ ।’
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply