वैद्य छुटाउन डिएसपीकै चलखेल
काठमाडौं । समाजसेवाजस्तो पवित्र कामको आवरणमा अनेक धन्दा गर्नेहरूको चरित्र उदांगिँदै गएको छ । यही क्रममा केही दिनअघि आफूलाई प्राध्यापक र डाक्टरसमेत दाबी गर्ने जगदिश वैद्य पक्राउ परेका छन् । उनलाई प्रहरीले जबर्जस्तीकरणी अभियोगमा पक्राउ गरेको हो ।
दरबारमार्गमा पशुपति अन्नपूर्ण आश्रम नामक एक संस्था खोलेर त्यसको अध्यक्ष रहेका वैद्यलाई प्रहरीले पक्राउ गरेर नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको छ । हाल महिला सेल कालिमाटीमा हिरासतमा रहेका वैद्यले आश्रममा गोप्य कोठामा विभिन्न बिरामी ल्याएर आफूले ध्यान तथा झारफुक गरी निको पार्ने भन्दै दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ ।
यता जगदीश वैद्यलाई हदैसम्मको कारबाही माग गरिएको छ । अभियुक्त वैद्य र आश्रमबाट पीडितहरूको समूहले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै वैद्यले यौनहिंसाका साथै धेरै सर्वसाधारणलाई ठगी गरेको भन्दै आजीवन कारवासको माग गरेका छन् । पीडितमध्येका सञ्चारकर्मी राज्यलक्ष्मी शाक्यले पक्राउ परेका वैद्यलाई आजीवन कारावासको सजाय हुनुपर्ने बताइन् । उनले विभिन्न प्रलोभन दिएर ठगी गर्ने गरेको र महिला हिंसा हुने गरेको बताइन् । सो आश्रमका पूर्वउपाध्यक्षसमेत रहेका पुरुषोत्तम अर्यालले वैद्यले पहिला आदर्शवादी कुरा गर्ने, आफूसित धेरै धन भएको र समाजसेवाका लागि साथ दिन आग्रह गर्दै ठगी गर्ने गरेको खुलासा गरे । उनको ठगी धन्दा, यौन पिपासु रहेको थाहा पाएपछि आफूले आश्रम छाडेको बताए ।
सोही आश्रमका पूर्वमहासचिव सुरेश श्रेष्ठले आश्रमको सदस्यता कटाउने, ठगी गर्ने र विभिन्न प्रलोभन दिँदै महिला हिंसा व्यापक रहेको उनले बताए । रोग निको पार्न स्पर्श थेरापी गर्नुपर्ने भन्दै एक्लै पारेर यौन शोषण गर्ने गरेको खुलासा गरे । उनलाई कडा कारबाही हुनुपर्ने उनको माग थियो । कार्यक्रममा धेरै पीडितको उपस्थिति थियो । उनीहरूले आफूहरूलाई विभिन्न प्रलोभन पारेर ठगेको बताएका थिए । कतिपय ठाउँमा मन्दिर बनाइदिन्छु भन्दै समेत ठगेको पीडितहरूले बताए ।
ललितपुर प्रहरीले असार २१ गते पक्राउ गरेको वैद्य काठमाडौं प्रहरीको हिरासत छन् । वैद्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वैद्यले आफू समाजसेवी भएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव छ भनी ठगी गर्ने गरेको उनीमाथि आरोप छ ।
वैद्यले आफू छिटोभन्दा छिटो रिहा हुन हिरासतबाटै व्यापक चलखेल गरेको स्रोतको दाबी छ । महानगरीय प्रहरी परिसर टेकुका मुद्दा शाखाका डीएसपी देवीप्रसाद पौडेल नै वैद्यको आर्थिक प्रभावमा परेर वैद्यलाई छुटकारा गराउन लागिपरेकाले यो प्रकरणमा प्रभावकारी अनुसन्धान नहुने देखिएको छ । वैद्य पक्राउ परेको थाहा पाएर वैद्यविरुद्ध यौन दुव्र्यवहार, विदेश पठाइदिन्छु भनेर ठगी गरेकोलगायत अभियोग लिएर प्रहरीकोमा पुगेकी एक युवतीलाई डिएसपी पौडेल र वैद्य मिलेर दबाब दिँदै निहुँ खोजे जेल हालिदिने भन्ने धम्की दिएर उजुरी दर्ता गर्नुको सट्टा मिलापत्र गरेर पठाएको खुलासा भएको छ ।
स्मरणीय छ, पत्रकार समेलनमा ती युवतीले वैद्यको करतुतविरुद्ध अभिव्यक्ति दिएकी थिइन् र थप प्रमाण प्रहरीसमक्ष पेस गर्ने बताएकी थिइन् । त्यसो त वैद्यले आफूलाई राष्ट्रिय समाजसेवी तथा राज्यमन्त्री वा सोसरहको मान्छे भन्दै गृह मन्त्रालयको परिचयपत्र देखाउने गरेको पाइएको छ । अनुसन्धानबाट उक्त परिचयपत्र पनि नक्कली भएकाले उनलाई सरकारी किर्तेमा समेत मुद्दा चलाउनुपर्ने आवाज उठेको छ । यता वैद्य पक्राउ परेसँगै उनलाई विभिन्न संस्थाले सल्लाहकार, संरक्षक मनोनयन गरेकोमा धमाधम निलम्बन गर्न थालेका छन् । सार्वजनिक यातायात नेपाल केन्द्रीय महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले असार २१ गते नै वैद्यलाई प्रहरी कार्यालय तथा अदालतबाट समेत सफाइ नपाएसम्मका लागि निलम्बन गरेको जानकारी दिए ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply