सुब्बालाई गाडी, सहसचिवचाहिँ ट्वाँ
काठमाडौं । कर्मचारी संगठनको नेता हुनुको बेग्लै मज्जा । कर्मचारी संगठनको नेता भएकै आधारमा सरकारी सुविधाको दोहनका साथै सरुवाहरूमा चलखेल गर्ने क्रम बढ्दो छ ।
नेपाल निजामती कर्मचारी संगठन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीनिकटको कर्मचारी संगठन भएको विदितै छ । त्यही संगठनका एक उपमहासचिवले भने वर्षौंदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ढलीमली गर्दै आएका छन् । ती भाग्यमानी कर्मचारी हुन्– रामचन्द्र अधिकारी । सो मन्त्रालयको प्रशासन महाशाखामा सुब्बा पदमा कार्यरत अधिकारीले जबर्जस्ती मन्त्रालयको गाडी चढ्दै आएका छन् । उनी गाडी पाउने तहका कर्मचारी होइनन् । तर, संगठनको नेता भएकै आधारमा उनले एउटा गाडी हडपेर चढ्दै आएका हुन् ।
अझै पनि स्थानीय र प्रदेश तहका कतिपय कार्यालयहरूमा गाडीको अभाव छन् । कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू गाडी सुविधाबाट वञ्चित छन् । तर, अधिकारीले भने संगठनको दुरूपयोग गरेर गाडी चढेका हुन् । गाडी सुविधा त उनले पाएका छन् नै, कर्मचारीहरूको सरुवालगायतका कार्यहरूमा समेत उनको बोलवाला रहँदै आएको छ ।
सुब्बा तहका कर्मचारीहरूले गाडी हडपेर चढ्ने कार्यमा सामान्य प्रशासन मन्त्रालयका अधिकारीले मात्रै बाजी मारेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत बस्याल थरका एकजना सुब्बाले पनि रेकर्ड राखेका छन् । उनले सोही मन्त्रालयका एकजना सहसचिवको गाडी हडपेर चढ्दै आएको कुराले सामाजिक सञ्जालमा भाइरल नै बन्न पुगेको थियो । सहसचिवले चढ्ने गाडी चढेर उनी घुमघाममा व्यस्त रहने गरेको बताइन्छ ।
यस्ता विकृतिहरू अनेक कार्यालयहरूमा छन् । माथिल्लो तहका कर्मचारीहरूको आशीर्वाद पाएपछि वर्षौंसम्म एउटै ठाउँमा बस्ने, अतिरिक्त सुविधा लिने प्रवृत्ति कर्मचारी वृत्तमा व्यापक छ । सामान्य प्रशासन मन्त्रालयकै स्टोरकिपर श्याम श्रेष्ठ यस्ता अनेक उदाहरणमध्ये एक हुन् । उनी स्टोरकिपरका रूपमा सो मन्त्रालयमा कार्यरत रहेका १५ वर्षभन्दा बढी भइसक्यो । तर, एउटा कर्मचारी एउटा कार्यालय वा शाखामा दुई वर्षभन्दा बढी बस्न नपाउने प्रावधान भए पनि दशकौं बितिसक्दा पनि उनको कतै सरुवा भएको छैन । उनलाई माथिल्लो तहका कर्मचारीहरूले रुचाउने भएकै कारण सरुवा नभएको बताइन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply