कार्यकालको अन्तिम घडीमा नवीन घिमिरे पनि दीप बस्नेतकै पथमा
राजस्वका अकूतवाला सबैको उजुरी तामेलीमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कार्यकालको अन्तिम समयमा आएर राजस्व समूहका ४० जनाभन्दा बढी शाखा अधिकृत र उपसचिवको उजुरी तामेलीमा राखेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्ने शाखा अधिकृत र उपसचिवविरुद्ध सूक्ष्म छानबिन गरेको थियो । एक वर्षअघि आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रिय अनुसन्धान विभागलगायत निकायको सहयोगमा राजस्वका शाखा अधिकृत र उपसचिवहरूको अकूत सम्पत्ति विवरण संकलन गरेको थियो । अख्तियारले राजस्व समूहमा बसी अर्ब कमाएका शाखा अधिकृत र उपसचिवलाई तर्साउन मानप्रसाद विक, रामजी रिजाल, कृष्ण बस्नेत र टीकाराम भुसाललगायत केही अधिकृत र उपसचिवविरुद्ध मुद्दा दर्ता ग¥यो । तर, भुसाल र विकभन्दा अथाह सम्पत्ति आर्जन गर्ने राजस्व समूहका डनहरूलाई भने प्रमुख आयुक्त घिमिरेले जाँदाजाँदै उन्मुक्ति दिएका छन् ।
स्रोतका अनुसार राजस्वका अकूतवालाहरूको उजुरी तामेलीमा राख्न मध्यस्थताको भूमिका एसपी प्रवीण पोखरेलले पूरा गरेका थिए । एसपी पोखरेलमार्फत राजस्व समूहका अधिकृत र उपसचिवले सेटिङ गरिसकेपछि सबैको उजुरी तामेलीमा राखिएको छ । दीप बस्नेतले लक्ष्मण बास्तोलाबाट राजस्व समूहका अधिकृत, उपसचिव र सहसचिवहरूबाट असुली गरी तामेलीमा हालेर हिँडेका थिए भने घिमिरेले पोखरेलमार्फत डिल गरी तामेलीमा राखेका छन् । रसुवा भन्सारबाट एक वर्षअघि अवकाश पाएका अर्बपति शाखा अधिकृत श्याम बस्नेत, दयानन्द केसीहरूबाट त आधा करोडकै डिल भएको स्रोतको दाबी छ ।
त्यसैगरी राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्ने उपसचिव सेवन्तक पोखरेल, मदन दाहाल, लालबहादुर खत्री, रामप्रसाद रेग्मी, धर्मेन्द्र मिश्र, प्रकाश पौडेल, भूपाल शाक्य, बोलराज आचार्य, धु्रव पोखरेल, चण्डी घिमिरे, पुण्यविक्रम खड्का, टेकबहादुर अर्याल, गोपाल खत्री, गोविन्दप्रसाद अधिकारी, गोपाल कोइराला, मणिराम पौडेल, दुर्गादत्त भण्डारी, शरदचन्द्र पौडेल, कृष्णबहादुर बोहराको सम्पत्ति छानबिन गरेको थियो ।
त्यसैगरी उपसचिवहरू शिशिर घिमिरे, कमल राजलवट, शान्तिराम निरौला, नारद गौतम, षडानन्द गौतम, जनकराज शर्मा, टंकप्रसाद पौडेल, केशवकुमार भण्डारी, जगदीश शर्मा, विन्देश्वर लेखक, कृष्ण बस्नेत, खेमराज गौतम छन् । यी उपसचिवहरूलाई अख्तियारले केहीलाई पत्र काटेर नै बयानका लागि बोलाएको थियो भने केहीलाई सिधै फोनमार्फत नै बोलाएर बयान लिएको थियो ।
भन्सार अधिकृत र कर अधिकृतहरूको सम्पत्ति विवरण पनि अख्तियारले छानबिन गरेको थियो । आयोगले छानबिन गरिरहेका अधिकृतहरूमा धर्मराज सुवेदी, ललिता ज्ञवाली, भूपेन्द्र कार्की, पोष्टराज बास्तोला, अर्जुन पाठक, यमबहादुर थापा, विजय खनाल, रमेश खड्का, देवानन्द काफ्ले, मन्त्रीकुमार खत्री, केशराजी खनाल, सूर्यबहादुर कुँवर, तेजमणि काफ्ले, धनबहादुर बरुवाल, रूपककुमार पोखरेल छन् । अधिकृतहरू धु्रव रेग्मी, फणीन्द्र अर्याल, विष्णुकुमार श्रेष्ठलगायतलाई पनि बयानमा बोलाएको थियो । अख्तियार स्रोतका अनुसार विभिन्न स्रोतबाट उनीहरूको सम्पत्ति खोजी गरी प्रारम्भिक छानबिन सुरु गरिएको थियो । आयोगले राजस्व समूहमा कार्यरत अकूत सम्पत्ति आर्जन गरी गाडी खरिद, व्यापारमा लगानी र काठमाडौंलगायत महँगा सहरमा घरजग्गा र छोराछोरीलाई हैसियतभन्दा महँगा स्कुल र कलेजमा अध्ययन गराएको विवरणका आधारमा अनुसन्धान सुरु गरेको थियो । आयोगले उनीहरूले नातागोताका नाममा घरजग्गा खरिद गरेको विवरण पनि लिएको थियो ।
राजस्व समूहका कतिपय उपसचिव र अधिकृतले माधव सापकोटा, राजेन्द्र श्रेष्ठ, जगदीश श्रेष्ठ र योगेश श्रेष्ठजस्ता व्यापारीलाई लगानी गरेको सूचना पनि अख्तियारले फेलापारेको थियो । भैरहवा भन्सारमा कार्यरत कर्मचारीहरूले सुगम ट्रान्सपोर्टमार्फत घुसको रकम संकलन गरी आफन्तमार्फत भाग लिने गरेको सूचना पनि अख्तियारले पाइसकेको थियो । यमबहादुर थापा र राजेन्द्रबन्धु अर्यालले काठमाडौंस्थित सुगम ट्रान्सपोर्टमा दिने र त्यसमार्फत भन्सारका कर्मचारीका आफन्तले घुस बुझ्ने गरेको सूचना पाइसकेको थियो । अख्तियार प्रारम्भिक छानबिन सकिएपछि ५० लाखभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिए राजस्व समूहका कर्मचारीहरूविरुद्ध मुद्दामा जाने तयारीमा थियो । अख्तियारका प्रमुख आयुक्त घिमिरेले जाँदाजाँदै सबैसँग उनीहरूको सम्पत्ति हेरी एसपी पोखरेलमार्फत डिल गरी उजुरी तामेलीमा राखेको आरोप छ । प्रमुख आयुक्त पोखरेलले राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना, ललिता निवास जग्गा प्रकरणजस्ता ठूला मुद्दा विशेष अदालतमा दायर गरी आफ्नो छविमा दाग लाग्न दिएका थिएनन् । तर जाने बेलामा उनले ठूला भ्रष्टाचारका मुद्दा तामेलीमा राखेर आफ्नो छवि गिराएर दीप बस्नेतकै अनुशरण गर्न पुगेका छन् । काठमाडौंमा चारवटा घर र दुइटी श्रीमती ल्याउने, छोराछोरी डाक्टर अध्ययन गराउने राजस्वका उपसचिवले समेत उन्मुक्ति पाएका छन् । तर १ करोड हाराहारी सम्पत्ति देखिएका मानप्रसाद विकलाई मुद्दा दायर गरिएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- अडानबाट पछि हटे हर्क साम्पाङ
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
- दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply