वामदेवमाथि अझै झेल !
काठमाडौं । प्रधानमन्त्री केपी ओलीबाट निरन्तर धोका खेप्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतममाथि अझै जालझेल र षड्यन्त्र गरिएको छ । झन्डै साढे पाँच दशक कम्युनिस्ट आन्दोलन र मुलुकको परिवर्तनमा योगदान पु¥याएका गौतममाथि उमेरको उत्तर्राद्धमा पनि पार्टी र सरकारको नेतृत्व गरिरहेका ओलीले गरेको अपमानलाई पार्टी प्रणाली बुझेका नेकपाका आम नेता–कार्यकर्ताले सहज मान्न सकेका छैनन् ।
चुनावी प्रक्रियामा हारजित प्रकृतिको नियम जस्तै हो । त्यो सबैको हकमा लागू हुने भएकाले नेता गौतमको हकमा पनि लागू नहुने कुरा भएन । उनी ०७४ को संसदीय निर्वाचनमा बर्दिया–२ बाट पराजित हुन पुगे । तर गत फागुन १४ अर्थात् झण्डै साढे ६ महिनाअघि राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रियसभामा पठाउने निर्णय गरेर गौतमको योगदानलाई पार्टीले कदर गर्ने कोसिस ग¥यो । तर, विडम्बना झन्डै साढे ६ महिनासम्म पार्टी निर्णय अलपत्र परेपछि कार्यान्वयनका लागि गौतमले मात्रै होइन, पार्टीले दोहो¥याएर निर्णय गर्न ओलीसँग अनुरोध गर्नुपर्नेसम्मका स्थिति देखियो ।
गौतमलाई गत १८ भदौमा नेकपाको सचिवालयले सांसद मनोनीतका लागि दोह¥याएर निर्णय गरिसक्दा पनि प्रधानमन्त्री ओलीले अझै कार्यान्वयनको तत्परता देखाएका छैनन् । ओलीको यस्तो कार्यशैलीका कारण गौतममाथि अझै जालझेल र षड्यन्त्र जारी रहेको अनुमान गरिएको छ ।
ओलीले साढे दुई वर्षमा दोहो¥याएर अर्थमन्त्री बनेका डा. युवराज खतिवडालाई तेस्रोपटक निरन्तरता दिन पार्टी निर्णय लत्याएर पुनः मनोनीत गर्ने कोसिस गरेका थिए । तर, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका अधिकांश नेताहरूको विरोधका कारण प्रधानमन्त्री ओली पछि हट्न बाध्य भएका थिए । यहाँसम्म कि ओलीले आफूले राष्ट्रपतिसमक्ष खतिवडाको नाम सिफारिस गरिसकेको र आफू अप्ठ्यारोमा परेको ढाँट कुरा गरेर गौतमका सम्बन्धमा विकल्प खोज्नुपर्नेसम्मका प्रस्ताव गरेका थिए । तर, ओलीका ती सबै छलछामका अस्त्र कामयाबी बनेन । अन्ततः सचिवालयले दोहो¥याएर गौतमको नाम सिफारिस गरेपछि खतिवडा राजीनामा दिन बाध्य बने । तर, पार्टी निर्णय भएको ६ दिनसम्म गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस नगरेर प्रधानमन्त्री ओलीले उनका नाममा अन्य विषय सम्झौताका लागि सौदाबाजी गरिरहेको अनुमान गरिएको छ ।
२०७० सालामा संसदीय दलको नेता बन्ने क्रममा गौतमलाई दलका नेता, प्रधानमन्त्री बनाउने सम्झौता गरेर ओलीले शक्तिमा स्थापित हुन निरन्तर उनलाई धोका दिएका छन् । पार्टीभित्रैको षड्यन्त्रका कारण चुनावमा हराइए पनि सहँदै आएका गौतमले ओलीकै सहयोगमा प्रतिनिधिसभामै आउने कोसिस नगरेका होइनन् । तर, उल्टै बदनाम गर्दै गौतममाथि निरन्तर अवरोध गर्ने काम भयो । यसपटक भने गौतममाथि षड्यन्त्र गरिए ओलीले निकै महँगो मूल्य चुकाउनुपर्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply