अभियुक्त छुटाउन यस्तो सौदाबाजी
काठमाडौं । सर्वोच्च अदालतले आफ्नै पत्नी हत्या पुष्टि भई सर्वस्वसहित जन्मकैद पाएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाई जेलमुक्त गरिदिएपछि न्यायालयप्रतिको जनआस्था गिर्दै गएको विषय पुनः तरंगित हुन पुग्यो । तर, सरकारले त्यसमा पुनरवलोकनका लागि निवेदन दिएर अदालती प्रक्रियासमेत अघि बढेकाले यसबारे त्यति धेरै टिप्पणी गर्नु असान्दर्भिक होला ।
८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको भने सत्य हो । यो प्रकरणमा जेल चलान भएका उनी अन्ततः सजाय घटाउने फैसलापछि छुटेका थिए । त्यत्रो अपराधका मान्छे अप्रत्यासित ढंगले छुटेपछि साइनो सम्बन्धबारे पनि चर्चा भए । प्रभु शमशेर जबरा र रञ्जन कोइराला रञ्जन कोइरालाको घरमा बसेर चाडबाडका समयमा र बिदाको दिन पनि कौडा खेल्ने गरेका समेत बजारमा चर्चा चले । साथै कोइरालाको बानेश्वरको घर यही प्रकरणमा गुमेको समेत चर्चा चल्यो ।
पछिल्लो समय फेरि धादिङको नौबिसेमा रहेको र हाल बन्द अवस्थाको केपी सिमेन्टको सेयर गुमाउन सके एक अभियुक्तले छुटकारा गराउनेसम्मको चलखेल भएको तथ्य बुधबार साप्ताहिकले फेला परेको छ ।
प्रभु शमशेरका भिनाजु केशव उप्रेती केपी सिमेन्ट कम्पनीको अध्यक्ष हुन् भने सो कम्पनीमा माडबारी गोविन्द सहरिया, एक कुँवर थरका व्यक्ति छविलाल भुसाल आफू र आफ्ना छोरीज्वाइँसमेतका नाममा गरी करिब ५० प्रतिशत सेयर रहेको खुलेको छ । उक्त कम्पनीका सञ्चालकमध्ये भुसाल समस्याग्रस्त पिपुल्स फाइनान्सका संस्थापक हुन् ।
उक्त फाइनान्सको जनताको निक्षेप संकलन गरी अन्यत्र खर्च गरी सो फाइनान्सलाई टाट बनाएको भुसालले नै हो । भुसालविरुद्ध बैंकिङ कसुरको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । सो मुद्दाबाट सफाइ पाउन भुसालले भित्रभित्रै प्रयास गरेको तर त्यसका लागि उनले सो कम्पनीको सेयर कम्पनी अध्यक्ष केशव उप्रेतीका नाममा नामसारी गरिदिनुपर्ने सर्त राखेको थाहा भएको छ । यस विषयमा केपी सिमेन्टका पूर्वअध्यक्ष उप्रेतीले सेयर केही हेरफेर भएको र सोहीअनुसार अब कम्पनी सञ्चालनमा आउने बताए पनि धेरै कुरा खुलाउन चाहेनन् ।
१० वर्षदेखि नियमित चलिरहेको र राम्रो कारोबार गरेको सो कम्पनी केही वर्षयता बन्द रहेको र फेरि सञ्चालन गर्ने तयारी गरिरहेको बताइन्छ । मुद्दा सफाइ नपाइन्जेल भुसालको कारोबार रोक्का रहेकाले सेयर नामसारी हुन नसक्ने र जतिसक्दो छिटो फैसला टुंग्याउँदा सेयर नामसारी पनि छिटो हुने यो योजनाकारहरूको भित्री रणनीति रहेको बुझिएको छ ।
पछिल्लो समयमा प्रहरीले नेपाल पिपल्स फाइनान्सको अनियमितताका अभियुक्तहरूलाई पनि खोजी गरिरहेको बेला भुसाललगायत फरार थिए । ४० करोडभन्दा बढी अनियमितता गरी फरार रहेका फाइनान्सका अध्यक्ष छविलाल भुसाललाई सीआईबी सक्रिय भएपछि पक्राउ गरिएको थियो । स्रोतका अनुसार कालिकास्थानस्थित प्रभु शमशेरको घरमा भिनाजु केशव उप्रेतीमार्फत भुषालको कुरा समेत भएको थाहा भएको छ ।
पछिल्लोपटक मध्ये बनेश्वारस्थित तत्कालीन समयमा शिवदर्शन हल राणा दाजुभाइले किनेका हुन् । ऋणले स्वाहा भइसकेको राणा परिवार चोलेन्द्र सर्वोच्चको न्यायाधीश हुँदै प्रधान्यायधीश भएपछि एकाएका आर्थिक रूपले उकासिएको थाहा भएको छ ।
शिवदर्शन फिल्म हल भएको स्थानमा अहिले भव्य कम्प्लेक्स निर्माण भएको छ । पुनरावेदन अदालतमा १७ र सर्वोच्चमा ४ वर्ष काम गरेका न्यायाधीश राणा मुलुकका २८औं प्रधानन्यायाधीश भएपछि भाइ प्रभु शमशेरको सक्रियता निकै बढेको निकटवर्ती सूत्रहरूले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply