चोरबाटोबाट पदवी लिने को–को ?
काठमाडौं । अन्य राष्ट्रसेवक तथा समाजमा विभिन्न योगदान पु¥याएका व्यक्ति झै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई सरकारले संविधान दिवसका दिन विभिन्न मानपदवी तथा विभूषणहरू प्रदान गर्दै आएको छ । त्यसका लागि संगठनबाट विभिन्न योगदान हेरेर संगठन प्रमुखले सिफारिस गर्ने प्रचलन छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको विभूषण सिफारिस समितिले ती नामहरूका बारेमा अन्तिम निर्णय गरेको हो ।
तर गत वर्षजस्तै यसपटक पनि नियमावलीविपरीत तक्माहरू वितरण गरेको पाइएको छ । सम्बन्धित निकायबाट सिफारिस भएपछि तक्मा दिने नियमलाई तोड्दै आधिकारिक सिफारिसलाई काट्ने तर चोरबाटोबाट आउनेहरू धेरैले तक्मा पड्काएको खुलेपछि सशस्त्र प्रहरी मुख्यालय र प्रहरी प्रधान कार्यालय भने कठोर बन्ने निर्णयमा पुगेको छ । विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड, २०७५ अनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको तर्फबाट जम्मा ४० जनाले मात्रै पदक पाउने व्यवस्था छ । गृह मन्त्रालयले सुरक्षा निकायजस्तो संगठनमा ‘चेन अफ कमान्ड’ भत्काएको भन्दै असन्तुष्टि बढेको हो । स्रोतका अनुसार नेपाल प्रहरीमा एसपी दिनेश मैनाली, उनकी पत्नी डीएसपी भीमकुमारी पाण्डे, इन्सपेक्टर चेतना पाण्डेलगायतले चोरबाटोको प्रयोग गरेर तक्मा लिएका हुन् भने सशस्त्र प्रहरीमा एआईजी पुष्पराम केसी, डीआइजी चन्द्रप्रकाश गौतम, डीएसपी ज्ञानमणि पौडेलले पनि चोरबाटो प्रयोग गरेर तक्मा लिएको सोतको दाबी छ ।
विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड, २०७५ परिच्छेद ५ को (ङ) मा सुरक्षा निकायका राष्ट्रसेवकहरूले पाउने पदकमा संगठन प्रमुखले नै सिफारिस गर्नुपर्ने उल्लेख छ । इमानदारीपूर्वक काम गर्नेहरूले नपाउने तर विवादितहरूले चोरबाटो प्रयोग गरेर अवसर मात्रै पाउने भएपछि ‘चेन अफ कमान्ड’ बाहिरबाट तक्मा लिनेको कार्यसम्पादन मूल्यांकनमा ३ अंक काट्ने तयारी भइरहेको बताइन्छ । विभूषण पाएबापत २ अंक बढ्ने भएकाले सुरक्षा निकायमा त्यसका लागि निकै दौडधुप हुने गरेको छ । यसअघि उपेन्द्रकान्त अर्याल आईजीपी हँुदा पनि ‘चेन अफ कमान्ड’ बाहिरबाट तक्मा लिनेहरूको ३ नम्बर काटिएको थियो । बढुवा हुने बेलामा पदकबापतको २ नम्बर अंक भएकाले प्रहरीमा पदक तथा विभूषण लिन अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । सशस्त्र प्रहरी बलमा पनि तक्माका लागि सिफारिस गरेका भन्दा पनि नगरेकै हालीमुहाली रहेको पाइएको छ । तक्माका लागि सिफारिसमा परेका डीएसपी पौडेल निकै विवादित अधिकृत हुन् । उनी सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गुल्म काँकरभिट्टाका प्रमुख रहँदा उनकै संरक्षणमा भन्सार छली मोटर पार्टस, मटर, लत्ताकपडा, मरिच, स्याउ, खाद्यान्नलगायत सामान रातको समयमा भित्रिने गरेको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply