टेलिकममको थप आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन एक जिबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । उक्त अफर गत शुक्रबार राति १२ बजेबाट लागू भएको छ ।
हाल उपलब्ध भइरहेको प्रतिदिन एक जिबी डाटा प्याकअन्तर्गत प्रतिदिन एक जिबी डाटा प्रयोग गर्न सकिने गरी सात दिनका लागि २ सय ५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८ सय ५० रुपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो । सोअनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक २ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा सात दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी ८ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३ सय ९२ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिनेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply