लामा नेकपाको एउटा आदर्श

काठमाडौं । ऐतिहासिक नक्खु जेल विद्रोहका अगुवा तथा मकवानपुर जिल्ला विकास समितिका पूर्वसभापति एवं पूर्वसांसद वीरबहादुर लामाको निधनको २१औं दिनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी इन्द्रसरोवर गाउँपालिका कमिटीले स्वर्गीय लामाको फाखेलस्थित निवासमै आयोजना गरेको कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा प्रमुख अतिथि थिए ।
श्रद्धाञ्जली कार्यक्रममा नेता बोहोराले स्वर्गीय लामा नेकपाको एउटा आदर्श सदस्य रहेको बताए । लामा महान् योद्धा हुनुका साथै तत्कालीन अवस्थामा शिला खोजेर संगठन जोगाउनुपर्ने अवस्थाका बेला पार्टी निर्माणमा स्वर्गीय लामाको योगदान अमूल्य रहेको बताए । नेता बोहोराले भने, ‘वीरबहादुरजी र मेरा धेरै सहकार्य र घनिष्ठता थियो, हामी एकले अर्कोलाई नजिकबाट जान्थ्यौं, उहाँ विद्रोही स्वभावको हुनुहुन्थ्यो, कुनै स्वार्थ थिएन । भाषा शैली भने केही ठाडो र खरो थियो ।’
जीवनको अन्तिम घडीमा पार्टीको लाइनमा अविचल रहने सन्दर्भमा केही त्रुटि भए पनि उहाँको जीवनभरको संघर्ष र योगदानको तुलनामा त्यो गल्ती गौण मानिने नेता बोहोराले ठहर गरे । लामाले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्नमा जीवनको अन्तिम अवस्थामा पनि कहिल्यै भूमिका नखेलेको बताए । स्वर्गीय लामालाई आफ्नै मूल घरमा फर्काउने प्रयास जारी रहेको र त्यसमा केही ढिलाइ हुँदा स्वास्थ्यले गाँज्दै ल्याएपछि उहाँले नै मृत्युपछि कम्युनिस्ट पार्टीको हँसिया हथौंडा अंकित झन्डा ओढ्ने इच्छा अभिव्यक्त गरेकै आधारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा नेकपाको झन्डा ओढाइएको पनि नेता बोहोराले स्पष्ट पारे ।
पार्टीको केन्द्रीय कमिटी बैठकसमेत भूमिगत बेलामा लामाकै घरमा बसेका स्मरण गर्दै नेता बोहोराले लामा, उहाँको परिवार र समग्र फाखेलवासीको योगदानकै कारण पार्टी यो अवस्थामा आइपुगेको बताए । अहिले सोही पार्टीकै सरकार केन्द्र, प्रदेश र स्थानीय तहमा रहेकाले उहाँको योगदानको चिरस्थायी राख्न विभिन्न काम गरिनुपर्ने धारणा राखे ।
कार्यक्रममा बाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वीरबहादुर लामा सादा जीवन उच्च विचारका हक्की योद्धा भएको स्मरण गर्दै उहाँसँग आफ्नो विकासका सवालमा सहकार्य भएको बताए । २०४९ सालमा लामा मकवानपुर जिल्ला विकास समितिको सभापति भएका बेला आफु काठमाडौं जिल्लाको सभापति भएको बताउँदै विकासमा दुवै जिल्लालाई जोड्ने योजना आफूहरूले अघि सारेको बताए । प्रदेश सांसद तथा नेकपाका केन्द्रीय नेता माधवप्रसाद पौडेलले पुराना दिनहरूको स्मरण गर्दै लामाको योगदान चिरस्थायी बनाउन सबै तहका सरकारले पहल थाल्नुपर्ने बताए ।
नेकपा केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले एमालेमा रहँदा केही समिति नेताका व्यवहारका कारण स्वर्गीय लामामा वितृष्णा बढेको बताउँदै उहाँले कहिल्यै एमालेप्रति पूर्वाग्रह नराखेको अनुभव सुनाए । उहाँप्रति आफ्नो तर्फबाट सधैं सद्भाव र सम्मान रहेको बताउँदै नेता खतिवडाले आफू उठेको क्षेत्रमा लामाका तर्फबाट सहयोग भएकाले नै आफूले चुनाव जितेको समेत खुलासा गरे । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सांसद कुमारी मोक्तानले स्वर्गीय लामालाई महान लालयोद्धा भन्दै उहाँ साँँच्चै बहादुर र वीर भएको बताइन् । स्वर्गीय लामाले कम्युनिस्ट, गणतन्त्र र संघीयताको कहिल्यै खिलाफमा काम नगरेको भन्दै स्वर्गीय लामाले कुनै गल्ती नगरेको जिकिर गरिन् । नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश सांसद मुनु सिग्देलले पार्टीबाट अलग भए पनि नेकपा अघि बढाउन साथ र सहयोग दिनु नै स्वर्गीय लामाको महान् काम भएको बताइन् । कार्यक्रममा नेकपा मकवानपुरका सचिवालय सदस्य तथा इन्द्रसरोवरका इन्चार्ज रामचन्द्र बल लामाले स्वर्गीय लामाले कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान गरेको तर उपचार समेत भरपर्दो नभएर त्यस्ता महान् योद्धालाई गुमाउनुपरेको तीतो तथ्य स्मरण गर्दै उहाँको योगदान चिरस्थायी पार्न आफूहरूले प्रयार गर्ने बताए । कार्यक्रममा वडा अध्यक्ष तथा नेकपा इन्द्रसरोवरका नेता धनवीर स्याङ्तान, पुराना भूमिगत योद्धा अमृतमान लामा, गाउँपालिका अध्यक्ष ऋषि पुडासैनीलगायतले स्वर्गीय लामाको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद ओम घलान, नेकपा प्रदेश सदस्य महेश्वर सुवेदी, प्रदेश सल्लाहकार लालकुमार केसी, मकवानपुर जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष एवं दामन पोस्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं, युवा नेता सुनील मोक्तान, मेम्बर तामाङ, जिल्ला कमिटी मकवानपुरका सदस्य गौतमबुद्ध लामा, नेता केदार बला, राजप्रकाश भण्डारी, नेकपा थाहाका नेता किरणमान बललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिका अध्यक्ष तथा नेकपा मकवानपुरका जिल्ला नेता जीवन लामाले गरेका थिए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply