मेगा बैंकको ‘कर्पोरेट–पे’ सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिनेगरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
मेगा बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरूले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यवसायिक भुक्तानीहरू आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत रियल–टाइम वा नन–रियल टाइममा समेत भुक्तानीसम्बन्धी कारोबार गर्न सकिने मेगा बैंकले जनाएको छ । ग्राहकहरूले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्नेछन भने तोकिएको सीमाभन्दा बढी रकमको कारोबार गर्न बैंकले नियमअनुसार थप प्रक्रिया पूरा गरेपछि गर्न मिल्ने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैंले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र गर्न पाउनेगरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यकताअनुसार यस प्रणालीमा एकभन्दा बढी बैंक खाता पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान छ । आफ्ना ग्राहकहरूका लागि विभिन्न डिजिटल भुक्तानी माध्यम प्रदान गर्दै आएको मेगा बैंकले यस प्रणालीको सुरुवातबाट बैंकका व्यावसायिक ग्राहकहरूलाई डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ । यस प्रणालीको प्रयोग र विस्तारपछि बैंकको शाखा कार्यालयमा उपस्थित नभई विभिन्न भुक्तानीको कारोबार अनलाइनमार्फतै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply