६८औं विश्व कुष्ठ रोग दिवस

काठमाडौं । पुनःस्थापना तथा सशक्तीकरण तथा विकास नेपाल अर्थात् रिड नेपालले ६८आंै विश्व कुष्ठ रोग दिवसमा आयोजिते सचेतना मूलक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ । बूढानीलकण्ठ नगरपािलका बडा १२ खरिबोटमा रहेको संस्थाको कार्यालयमै कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भु भट्टराईले कुष्ठरोगका बिरामी तथा प्रभावितहरूप्रति सामाजिक भेदभावलाई शून्य बनाउन स्थानीय सरकार लागिपर्ने बताए । उनले गुणस्तरीय उपचार सेवाको निरन्तरता दिन रोगको संक्रमण घटाई कुष्ठरोग शून्य समाज निर्माण गर्ने खालका कार्यक्रम सञ्चालनमा जोड दिए । कार्यक्रममा बूढानीलकष्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले सबै नगर र गाउँपालिकाहरूमा कुष्ठरोग निवारण गर्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगबारे सही जानकारी दिने तथा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कुष्ठरोग निवारण महाशाखाका डा. उत्तम घिमिरेले कुष्ठरोगका बिरामीलाई नियमित उपचार गर्न सल्लाह दिने र उपचारको उपलब्धताबारे जानकारी गराउने, कुष्ठरोगको शंका लागेका बिरामीलाई स्वास्थ्य संस्थामा पठाई रोग निदान र उपचारमा सहयोग पु¥याउने कार्यमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले कुष्ठरोगका बिरामी र प्रभावितलाई आ–आफ्नो परिवार र समुदायमा भेदभाव हुन नदिन रोगबारे सत्यतथ्य जानकारी दिने कार्यमा सामाजिक संघसंस्थाको भूमिका महŒवपूर्ण रहेको बताए । कार्यक्रममा एनएलआरका कन्ट्री डाइरेक्टर हिमाल सिग्देलले कुष्ठ प्रभावितहरूलाई समुदायमा आधारित पुनःस्थापना गर्ने कार्यमा आफूहरू रिड नेपालको साथमा रहेको बताए । सो अवसरमा लब्ली एन्जल स्कुलका प्रधानअध्यापक भीमबहादुर शाही, बूढानीलकण्ठ नगरपालिका महिला विभागकी अधिकृत रोशनी श्रेष्ठ, बौद्धिक अपांग संघका अध्यक्ष विष्णुप्रसाद पौडेल, समाजसेवी रवि पौडेललगायतले बोलेका थिए । संस्थाका अध्यक्ष वासुदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा कुष्ठ प्रभावितहरूको क्षेत्रमा काम गरेको भन्दै लाइन्स क्लबका राजेशकुमार श्रेष्ठ र कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । रिड नेपालका अध्यक्ष वासुदेव यादवले संस्थाले अहिले १० जनाभन्दा बढीलाई आश्रय दिएर संस्थामा राखेको जानकारी दिए । उनले संस्थाले उनीहरूको सशक्तीकरण र पुनःस्थापनाका लागि सीपमूलक तालिमहरू पनि सञ्चालन गर्ने गरेको बताए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply