नेपाल बैंकका अध्यक्ष अधिकारीले दिए राजीनामा

काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीले दिएका छन् । लाभांश वितरणमा अर्थ मन्त्रालयसँग विवाद भएपछि अधिकारीले आइतबार पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।
सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अधिकारीले अध्यक्ष पदबाट दिएको राजनीमा स्वीकृत गरेका हुन् । ‘गत वर्षको वितरणयोग्य मूनाफाबाट मात्रै लाभांश बाँड्नु भनिएको हो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रालयको निर्देशन पालना गर्न सक्दिनँ भन्दै उहाँ आफंैले राजीनामा दिनुभएपछि मन्त्रीज्यूले स्वीकृत गरिदिनुभएको हो ।’
नेपाल बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले निर्णय गरेको हो । यसमा गत आर्थिक वर्षभन्दा अगाडिको सञ्चित नाफासमेतबाट लाभांश दिने निर्णय गरिएपछि अर्थ मन्त्रालय रुष्ट बनेको थियो । सरकारी बैंक भएका कारण लाभांश वितरण गर्न अर्थ मन्त्रालयबाट समेत सहमति लिनुपर्ने व्यवस्था छ । सहमतिका लागि अर्थ पुगेको फाइल रोकिएपछि विवाद सिर्जना भएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply