कोभिसिल्डपछि लय लियो पुँजीबजारले
काठमाडौं । कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरूले टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित ‘कोरोनाले थलिएको व्यापार–व्यवसाय र कोभिसिल्डपछि जुर्मुराएको अर्थतन्त्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरूले यस्तो टिप्पणी गरेका हुन् ।
साना तथा मझौला व्यवसाय गर्ने व्यवसायीहरूको छाता संगठन फेडरेसन अफ नेप्लिज स्टार्ट अप्स एन्ड एसएमइज (फोन्सास) ले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा रही व्यापार व्यवसाय गरिरहेका व्यवसायी तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले कोभिसिल्डपछि नेपाली व्यवसायमा नयाँ युग सुरु भएको टिप्पणी गरेका छन् ।
कार्यक्रममा फोन्सासका अध्यक्ष अर्जुन भट्टराईले कोभिसिल्डपछि व्यापार व्यवसाय गर्नेहरूलाई व्यवसाय गर्ने ढुक्कको वातावरण धारणा राखेका छन् । कोरोनाका कारण थुप्रै व्यवसाय बन्द हुने अवस्थामा पुगेको बेला कोभिसिल्डले नेपाली व्यवसायहरूलाई नयाँ जीवन दिएको उनको तर्क थियो । ‘कोभिसिल्ड आएपछि अहिले सबैतिर ढुक्कको वातावरण बनेको छ । कोरोनाले सिर्जना गरेको ठूलो त्रासलाई अहिले कोभिसिल्डले मारेको छ । सटिक रूपमा भन्दा कोभिसिल्ड व्यवसायीहरूका लागि मात्र होइन व्यवसायको समेत औषधि बनेको छ,’ उनले भने । कार्यक्रममा प्रा.डा. नवराज पन्तले कोभिसिल्डपछि नेपाली अर्थतन्त्रले नयाँ लय समातेको दाबी गरे । लामो समय कोरोनाका कारण थालिएको अर्थतन्त्र कोभिसिल्डपछि थप मजबुत हुने आशा व्यक्त गर्दै उनले कोरोनाविरुद्ध खोप मानिसहरूका लागि मात्र नभई व्यवसायका लागि पनि निकै प्रभावकारी रहेको बताए । कोभिसिल्ड आएपछी यसले नेपालीहरूलाई छुट्टै आत्मविश्वास त दिएको छ नै, यसले समग्र व्यापार व्यवसायलाई पनि चलायमान बनाउने आत्मविश्वास दिएको छ,’ उनले भने, ‘कोभिसिल्ड नआएको भए व्यापार व्यवसाय चलायमान गराउन अझै गाह्रो अवस्था थियो । व्यवसायीहरू ढुक्क भएर काम गर्ने अवस्था थिएन । अहिले ढुक्कसँग आवतजावत गरेर व्यापारमा संग्लग्न हुने स्थिति कोभिसिल्डकै कारण भएको हो ।’
कार्यक्रममा नागरिक अगुवा परशुराम भट्टराईले कोरोनाका कारण त्रासमा रहेका नेपालीहरूलाई कोभिसिल्डले दिएको आत्मविश्वास निकै महŒवपूर्ण र उल्लेखनीय रहेको बताए । उनले कोभिसिल्ड जनताका लागि एउटा खोप मात्र नभई, सरकारप्रतिको विश्वाससमेत रहेको टिप्पणी गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला समितिका अध्यक्ष शन्तराम बिडारीले सरकारले प्राथमिकताका आधारमा पत्रकारहरूलाई कोभिसिल्डको उपलब्ध गराउनु निकै खुसीको कुरा भएको र यसले फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारहरूलाई नयाँ ऊर्जा दिएको बताए ।
कोरोना महामारीमा पनि पत्रकारहरूले जोखिम लिएरै पनि जनतालाई सुसुचित गराउने काम गरेको स्मरण गर्दै उनले कोभिसिल्डपछि आमसञ्चारकर्मीहरूको पनि आत्मविश्वास बढेको बताए । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले कोभिसिल्ड आएपछि व्यापार व्यवसाय गर्ने ढुक्कको वातावरण बनेकाले नेपालको सेयर बजार अझ सुधृढ हुने विश्वास व्यक्त गरिन् । कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको भए पनि कोभिसिल्ड आएपछि अर्थतन्त्र चलायमान भएकाले नेपालको पुँजीबजारमा ढुक्कसँग लगानी गर्ने वातावरण बनेको र यसको फाइदा उठाउन उनले सबैलाई आग्रह गरिन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply