कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा पार्टीका वर्तमान र पूर्व पदाधिकारी सहभागी हुने कांग्रेस नेताहरुले बताएका छन् ।
बैठकमा पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिबारे छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
नयाँ सत्ता समिकरणको विषयमा चर्चा चलिरहेको बेला बस्न लागेको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ । कांग्रेसमा नयाँ सत्ता समीकरणको विषयमा दुई धार देखा परेको छ । सभापति शेरबहादुर देउवा कांग्रेसले सत्ताको नेतृत्व लिन हतार गर्न नहुने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने तुरुन्तै कांग्रेसले सत्ताको नेतृत्व लिन अग्रसर हुनुपर्ने र केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुपर्ने पक्षमा छ ।
आजको बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ । आजको वैठकमा पनि वरिष्ठ नेता पौडेल पक्षले ओलीको विकल्पका लागि तयार हुन सभापति देउवालाई दवाव सिर्जना गर्ने स्रोतले जानकारी दिएको छ । वरिष्ठ नेता पौडेलले नयाँ सरकार निर्माणका लागि देउवाको मौनता आश्चर्यजनक रहेको बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply