कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा पार्टीका वर्तमान र पूर्व पदाधिकारी सहभागी हुने कांग्रेस नेताहरुले बताएका छन् ।
बैठकमा पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिबारे छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
नयाँ सत्ता समिकरणको विषयमा चर्चा चलिरहेको बेला बस्न लागेको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ । कांग्रेसमा नयाँ सत्ता समीकरणको विषयमा दुई धार देखा परेको छ । सभापति शेरबहादुर देउवा कांग्रेसले सत्ताको नेतृत्व लिन हतार गर्न नहुने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने तुरुन्तै कांग्रेसले सत्ताको नेतृत्व लिन अग्रसर हुनुपर्ने र केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुपर्ने पक्षमा छ ।
आजको बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ । आजको वैठकमा पनि वरिष्ठ नेता पौडेल पक्षले ओलीको विकल्पका लागि तयार हुन सभापति देउवालाई दवाव सिर्जना गर्ने स्रोतले जानकारी दिएको छ । वरिष्ठ नेता पौडेलले नयाँ सरकार निर्माणका लागि देउवाको मौनता आश्चर्यजनक रहेको बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply