१८ चैत्र २०७७, बुधबार ०८:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको ताजा प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकले ताजा प्रक्षेपण गरेको छ।
विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो।
त्यस्तै अर्को वर्ष ३.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण पनि उसले गरेको छ।
खासगरी कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन् २०२३ सम्म ५.१ प्रतिशतले आर्थिक वृद्धि हासिल हुने विश्व बैंकले जनाएको छ।
रेमिट्यान्स अनुमान गरेभन्दा बढी भित्रिँदा त्यसको फाइदा पुगेको रिपोर्टमा उल्लेख छ।
यसअघि विश्व बैंकले गत जनवरीमा २.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो। त्यसअघि सन् २०२० को अक्टोबरमा मा पनि बैंकले १.४ प्रतिशत नै आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply