प्रधानमन्त्री ओलीले चैत २३ भित्रै विश्वासको मत लिनुपर्छ : गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका मुख्य सचेत देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको संवैधानिक र कानुनी हैसियतमाथि प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै मुख्य सचेतक गुरुङले सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजनसम्बनधी फैसला गरेको भन्दै यस्तो अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत दिनु पर्ने बताएका छन् ।
उनले सर्वोच्चको फागुन २३ फैसलाले ७६ (२) आकर्षित भएको भन्दै त्यो अवस्थामा संविधानको १०० को उपधारा (२) अनुसार दल विभाज भएमा वा समर्थन दिएको दलले फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत दिनु पर्ने उल्लेख भएको बताए।
‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ, यस्तो अवस्थामा संविधानको १०० को उपधारा (२) आकर्षित हुने देखिन्छ । त्यसमा भनिएको छ–प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र सदनबाट विश्वासको मत लिनु पर्नेछ’, उनले भने, ‘दल विभाजन भएमा वा समर्थन फिर्ता लिएमा भन्ने छ। सर्वोच्चले दल विभाजन गरिदिएपछि त्यो अवस्थामा स्वभाविक ढंगले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ।’
उनले चैत २३ गते ३० दिन पुग्ने भन्दै त्योभित्रै विश्वासको मत लिनुपर्ने बताए। उनले ३० दिनभित्र विश्वासको मत नलिएमा सरकारको संवैधानिकमाथि प्रश्न उठने बताए ।
उनले सरकारले संविधानको सर्वोच्चता र विधिको शासनलाई फ्लो नगरेको बताए । उनले सर्वोच्चले सरकारको नभइ संसदको पुनर्स्थापना गरेको भन्दै सरकार स्वतः कामचलाउ भएको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply