माधव नेपाल बेग्लै कोर्समा हिँड्न खोज्नुभयो – प्रदीप ज्ञवाली
३ साउन, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्समा हिँड्न चाहेको बताएका छन् ।
एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका ज्ञवालीसहितका नेताहरुले आइतबार विहान वरिष्ठ नेता नेपाललाई भेटेका थिए । भेटमा विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारीबारे छलफल भएको थियो ।
ज्ञवालीका अनुसार नेता नेपालले एउटा विन्दुमा पुसिकेको हुनाले आफूले देउवालाई मत दिने बताएका थिए । नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरुले सहमतिअनुसार जे गर्दा पनि संस्थागत रुपमा निर्णय गर्नुपर्ने बताएका थिए ।
‘उहाँले आफू बहुमतमा नभएको कमिटी, अल्पमतमा भएको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने कुरा पनि गर्नुभयो । यसको तात्पर्य पार्टीलाई एकतावद्ध बनाएर लैजान उहाँ इच्छुक हुनुहन्न भन्ने देखियो’, स्थायी कमिटीको बैठकपछि ज्ञवालीले भने, ‘उहाँ बेग्लै कोर्समा हिँड्न चाहनुभएको देखियो ।’
यद्यपि नेता नेपाललाई रोक्न उनी पक्षका नेताहरुले अहिले पनि प्रयत्न गरिएरहेका ज्ञवालीले बताए ।
‘उहाँको टिममा रहेका साथीहरुले त्यसरी जानु उपयुक्त हुँदैन, १० बुँदे भइसकेपछि संस्थागत निर्णय बेगर जान मिल्दैन । तपाईंले हामीसँग पनि सोध्नु भएको छैन । तपाईंको आफ्नो मत हो । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन र आन्दोलनलाई उनको सेवामा अर्पित गर्ने हाम्रो सहमति भएको होइन भन्नुभयो’ ज्ञवालीले भने, ‘उहाँहरुको प्रयासमा कुनै परिणाम आयो भने बेग्लै कुरा हो । अन्यथा माधवकुमार नेपाल एउटा निष्कर्षमा पुग्नु भएको हामीले देख्यौं ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply