माधव नेपाल बेग्लै कोर्समा हिँड्न खोज्नुभयो – प्रदीप ज्ञवाली
३ साउन, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्समा हिँड्न चाहेको बताएका छन् ।
एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका ज्ञवालीसहितका नेताहरुले आइतबार विहान वरिष्ठ नेता नेपाललाई भेटेका थिए । भेटमा विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारीबारे छलफल भएको थियो ।
ज्ञवालीका अनुसार नेता नेपालले एउटा विन्दुमा पुसिकेको हुनाले आफूले देउवालाई मत दिने बताएका थिए । नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरुले सहमतिअनुसार जे गर्दा पनि संस्थागत रुपमा निर्णय गर्नुपर्ने बताएका थिए ।
‘उहाँले आफू बहुमतमा नभएको कमिटी, अल्पमतमा भएको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने कुरा पनि गर्नुभयो । यसको तात्पर्य पार्टीलाई एकतावद्ध बनाएर लैजान उहाँ इच्छुक हुनुहन्न भन्ने देखियो’, स्थायी कमिटीको बैठकपछि ज्ञवालीले भने, ‘उहाँ बेग्लै कोर्समा हिँड्न चाहनुभएको देखियो ।’
यद्यपि नेता नेपाललाई रोक्न उनी पक्षका नेताहरुले अहिले पनि प्रयत्न गरिएरहेका ज्ञवालीले बताए ।
‘उहाँको टिममा रहेका साथीहरुले त्यसरी जानु उपयुक्त हुँदैन, १० बुँदे भइसकेपछि संस्थागत निर्णय बेगर जान मिल्दैन । तपाईंले हामीसँग पनि सोध्नु भएको छैन । तपाईंको आफ्नो मत हो । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन र आन्दोलनलाई उनको सेवामा अर्पित गर्ने हाम्रो सहमति भएको होइन भन्नुभयो’ ज्ञवालीले भने, ‘उहाँहरुको प्रयासमा कुनै परिणाम आयो भने बेग्लै कुरा हो । अन्यथा माधवकुमार नेपाल एउटा निष्कर्षमा पुग्नु भएको हामीले देख्यौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply