४ श्रावण २०७८, सोमबार ०५:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै
४ साउन काठमाडौं । स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् ।
जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण समेत गर्दै भीडभाड नगरी खोप लगाउन निर्देशन दिए ।
स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्रालयका अन्य पदाधिकारीलाई सँगै लिएर त्यहाँ पुगेका देउवाले खोप केन्द्रको उचित व्यवस्थापन गरेर खोप लगाउन निर्देशन दिए ।
जोरपाटीको उक्त खोप केन्द्रमा तिब्बती शरणार्थीले पनि खोप लगाउने जनाइएको छ । देउवाले वीर, पाटन, शिक्षण अस्पताल लगायतका अन्य खोप केन्द्रको समेत निरिक्षण गर्ने भएका छन् ।
मुलुकका ७७ वटै जिल्लामा आजदेखि जोन्सन खोप अभियान सुरु भएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply