एमाले हामीले बनाएका हौं, अपमान सहेर बस्न सकिन्न माधव नेपाल
७ साउन काठमाडौं, । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट पारेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज बिहीबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले भने, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्छ । जनताको पार्टी बन्न सक्नु पर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानु पर्छ ।
पार्टी नेताभन्दा नीति प्रधान हुनुपर्छ, गलत कुरा सहेर बस्दा दास प्रवृत्ति मौलाउने बताउँदै नेता नेपालले भने, कम्युनिष्ट दास हुन सक्दैन । अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन । त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नु पर्छ ।
पार्टीलाई शुद्धीकरण गर्दै नयाँ ढंगबाट अघि लैजानुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘सुध्रिन चाहनेले आफ्नो कमी कमजोरी सुधार गर्न सक्नु पर्छ त्यो आँट र साहस चाहिन्छ । पार्टीभित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनु पर्छ ।’ नेता नेपालले नयाँ सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकता दिनुपर्ने पनि बताएका छन् ।
यही आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अध्यक्ष ओलीले नेपालसहित २२ सांसदलाई कारबाही अघि बढाउन बुधबार स्पष्टीकरण सोधेर पठाएका छन् । नेपाल समूहसँग यसअघि दुई पटकसम्म एमालेले स्पष्टीकरण सोधेको थियो । नेपाललाई ओलीले एक पटक पार्टीबाट हटाइसकेका छन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply