एमाले हामीले बनाएका हौं, अपमान सहेर बस्न सकिन्न माधव नेपाल
७ साउन काठमाडौं, । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट पारेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज बिहीबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले भने, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्छ । जनताको पार्टी बन्न सक्नु पर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानु पर्छ ।
पार्टी नेताभन्दा नीति प्रधान हुनुपर्छ, गलत कुरा सहेर बस्दा दास प्रवृत्ति मौलाउने बताउँदै नेता नेपालले भने, कम्युनिष्ट दास हुन सक्दैन । अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन । त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नु पर्छ ।
पार्टीलाई शुद्धीकरण गर्दै नयाँ ढंगबाट अघि लैजानुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘सुध्रिन चाहनेले आफ्नो कमी कमजोरी सुधार गर्न सक्नु पर्छ त्यो आँट र साहस चाहिन्छ । पार्टीभित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनु पर्छ ।’ नेता नेपालले नयाँ सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकता दिनुपर्ने पनि बताएका छन् ।
यही आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अध्यक्ष ओलीले नेपालसहित २२ सांसदलाई कारबाही अघि बढाउन बुधबार स्पष्टीकरण सोधेर पठाएका छन् । नेपाल समूहसँग यसअघि दुई पटकसम्म एमालेले स्पष्टीकरण सोधेको थियो । नेपाललाई ओलीले एक पटक पार्टीबाट हटाइसकेका छन ।
सम्बन्धित समाचार
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply