कोरोना खोप किन्न नेपाललाइ एडीबीले २० अर्ब ऋण दिने

७ साउन, काठमाडौं । एसियाली विकास बैंक एडीबीले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर करिब २० अर्ब रुपैयाँ ऋण दिने भएको छ । यो ऋणले नेपालको कोरोना खोप अभियान संचालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीले बिहीबार विज्ञप्ती जारी गर्दै बताएको छ ।
यसबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने एडीबीले जनाएको छ । एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले निकै आवश्यक परेको कोरोना खोप किन्दै आफेना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।
छिट्टै खोप किन्दै अवस्था सामान्य बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । यसअघि एडबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो ।
यो सन् २०२० डिसेम्बरको निर्णय हो । सोही अन्तर्गत नेपालले समेत यो सहयोग पाएको हो । एबडीले यस कार्यक्रमा अन्य सरोकारवाला निकायसँग समेत सहकार्य गर्ने बताएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply