पूर्व माओवादी नेताको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
१४ साउन, काठमाडौं । सांसद पद कायम गरी कामकाज गराई पाउँ भन्दै दायर गरिएको चार पूर्व माओवादी नेताहरुको मुद्दाको सुनुवाई बिहीबार सर्वोच्च अदालतमा हुँदैछ ।
माओवादी केन्द्रका चार नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाश तोकिएको छ । सर्वोच्चले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र दुई अलग पार्टीमा परिणत भएका थिए ।
माओवादी केन्द्रमा रहेका ती चार नेता माओवादी परित्याग गरी एमालेमा गएर मन्त्री बनेका थिए । पार्टी परित्याग गरेका उनीहरुलाई माओवादीले सांसदबाट हटाएकामा संसद पुनर्वहाली भएपछि अहिले आफ्नो गुमेको पद फिर्ता गराइ पाउँ भन्दै रायमाझी, भट्ट, साह र चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
एमालेमा प्रवेश गरेर केन्द्रीयदेखि स्थायी कमिटी र संसदीय दलसमेतका बैठकमा भाग लिइरहेका चारै नेताले आफूहरूले दल त्याग नगरेकाले माओवादीले सांसद पदबाट हटाउनु असंवैधानिक भन्दै पद बहाली गरिपाउँ भन्दै रिट हालेका हुन् । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेपछि ओली सरकारमा मन्त्री समेत बनेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply