पूर्व माओवादी नेताको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
१४ साउन, काठमाडौं । सांसद पद कायम गरी कामकाज गराई पाउँ भन्दै दायर गरिएको चार पूर्व माओवादी नेताहरुको मुद्दाको सुनुवाई बिहीबार सर्वोच्च अदालतमा हुँदैछ ।
माओवादी केन्द्रका चार नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाश तोकिएको छ । सर्वोच्चले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र दुई अलग पार्टीमा परिणत भएका थिए ।
माओवादी केन्द्रमा रहेका ती चार नेता माओवादी परित्याग गरी एमालेमा गएर मन्त्री बनेका थिए । पार्टी परित्याग गरेका उनीहरुलाई माओवादीले सांसदबाट हटाएकामा संसद पुनर्वहाली भएपछि अहिले आफ्नो गुमेको पद फिर्ता गराइ पाउँ भन्दै रायमाझी, भट्ट, साह र चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
एमालेमा प्रवेश गरेर केन्द्रीयदेखि स्थायी कमिटी र संसदीय दलसमेतका बैठकमा भाग लिइरहेका चारै नेताले आफूहरूले दल त्याग नगरेकाले माओवादीले सांसद पदबाट हटाउनु असंवैधानिक भन्दै पद बहाली गरिपाउँ भन्दै रिट हालेका हुन् । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेपछि ओली सरकारमा मन्त्री समेत बनेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply