कांग्रेस केन्द्रीय सदस्य र दलित संघ अध्यक्षबाट मीन विश्वकर्माकाे राजीनामा

काठमाडौं, १६ भदौं । मीन विश्वकर्माले सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष दुबै पदबाट राजीनामा दिएका छन् । उनले आज (बुधबार) प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका छन् । नेपाल दलित संघका अध्यक्ष समेत रहेका विश्वकर्माले पार्टी केन्द्रीय कार्यालयमार्फत राजीनामा पत्र बुझाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको राजीनामा पत्रमा निर्वाचन निर्देशिकामा गरिएको व्यवस्थाप्रति आपत्ति जनाएका छन् । कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शून्य हुने देखिएको भन्दै विश्वकर्माले निर्वाचन निर्देशिकाको विरोध गरेका छन् ।
‘समावेशी सिद्धान्त विपरित मुलुकका अधिकांश वडा, पालिका र क्षेत्रहरुमा दलित समुदायको प्रतिनिधित्व शून्य हुने गरी काल्पनिक तथ्यांकको आधारमा बिना छलफल निर्वाचन निर्देशिकाको अनुसूची खण्ड तयार गरेको र हाल सच्याउने कुनै सम्भावना पनि नदेखिएकोले दलित समुदायका नेता साथीहरुले यस पटक कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फ उम्मेद्वारी दिई विजयी हुनुहोला भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले राजीनामा पत्र बुझाउनु भन्दा केही घण्टा अगाडि फेसबुकमा लेखेका थिए ।
१३ औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उनले बताएका छन् । तर विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply