कांग्रेस केन्द्रीय सदस्य र दलित संघ अध्यक्षबाट मीन विश्वकर्माकाे राजीनामा
काठमाडौं, १६ भदौं । मीन विश्वकर्माले सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष दुबै पदबाट राजीनामा दिएका छन् । उनले आज (बुधबार) प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका छन् । नेपाल दलित संघका अध्यक्ष समेत रहेका विश्वकर्माले पार्टी केन्द्रीय कार्यालयमार्फत राजीनामा पत्र बुझाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको राजीनामा पत्रमा निर्वाचन निर्देशिकामा गरिएको व्यवस्थाप्रति आपत्ति जनाएका छन् । कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शून्य हुने देखिएको भन्दै विश्वकर्माले निर्वाचन निर्देशिकाको विरोध गरेका छन् ।
‘समावेशी सिद्धान्त विपरित मुलुकका अधिकांश वडा, पालिका र क्षेत्रहरुमा दलित समुदायको प्रतिनिधित्व शून्य हुने गरी काल्पनिक तथ्यांकको आधारमा बिना छलफल निर्वाचन निर्देशिकाको अनुसूची खण्ड तयार गरेको र हाल सच्याउने कुनै सम्भावना पनि नदेखिएकोले दलित समुदायका नेता साथीहरुले यस पटक कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फ उम्मेद्वारी दिई विजयी हुनुहोला भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले राजीनामा पत्र बुझाउनु भन्दा केही घण्टा अगाडि फेसबुकमा लेखेका थिए ।
१३ औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उनले बताएका छन् । तर विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply