सभामुख र निर्वाचन आयोगविरुद्ध एमालेद्वारा दायर रिटमा सर्वोच्चले तोक्यो शुक्रबारलाई पेसी

१६ भदौं, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध नेकपा एमालेले दायर गरेको रिट सर्वोच्चले दर्ता गरेको छ । रिट दर्तासँगै सर्वोच्चले शुक्रबारलाई पेसी तोकेको छ ।
एमालेले सभामुख अग्नीप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालत पुगेको छ । एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाएको थियो । तर, सभामुख सापकोटाले सांसदहरूलाई पदमुक्त गर्ने निर्णय नगरेको भन्दै एमाले अदालत गएको हो ।
सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ । निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो । उक्त निर्णय विवादास्पद भएको एमालेको ठहर छ ।
त्यस्तै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले एमालेले कारबाही गरेको लुम्बिनीका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले रिट हालेको हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply