सभामुख र निर्वाचन आयोगविरुद्ध एमालेद्वारा दायर रिटमा सर्वोच्चले तोक्यो शुक्रबारलाई पेसी
१६ भदौं, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध नेकपा एमालेले दायर गरेको रिट सर्वोच्चले दर्ता गरेको छ । रिट दर्तासँगै सर्वोच्चले शुक्रबारलाई पेसी तोकेको छ ।
एमालेले सभामुख अग्नीप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालत पुगेको छ । एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाएको थियो । तर, सभामुख सापकोटाले सांसदहरूलाई पदमुक्त गर्ने निर्णय नगरेको भन्दै एमाले अदालत गएको हो ।
सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ । निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो । उक्त निर्णय विवादास्पद भएको एमालेको ठहर छ ।
त्यस्तै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले एमालेले कारबाही गरेको लुम्बिनीका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले रिट हालेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply