१७ भाद्र २०७८, बिहीबार ०२:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
खोलाले कार बगाउँदा चार जनाको मृत्यु

१७ भदौं, दाङ । दाङमा खोलाले बगाउँदा चार जनाको ज्यान गएको छ । घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही–१३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१४ निवासी ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
गए राति १० बजेतिर प्रदेश प्र.३–०१–०२४ च ४४४० को कारलाई खोलाले बगाएको हो । कारमा पाँच जना सवार रहेको र चालक घोराही–१५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
खुट्टा भाँच्चिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो । मृतक चारै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply