१७ भाद्र २०७८, बिहीबार ०२:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
खोलाले कार बगाउँदा चार जनाको मृत्यु
१७ भदौं, दाङ । दाङमा खोलाले बगाउँदा चार जनाको ज्यान गएको छ । घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही–१३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१४ निवासी ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
गए राति १० बजेतिर प्रदेश प्र.३–०१–०२४ च ४४४० को कारलाई खोलाले बगाएको हो । कारमा पाँच जना सवार रहेको र चालक घोराही–१५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
खुट्टा भाँच्चिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो । मृतक चारै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply