माओवादी केन्द्र संसदीय दलको बैठक जारी

२३ भदौं, काठमाडौं, । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक चलिरहेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको छ ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठक अगाडि एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने षड्यन्त्र पनि भइरहेको आरोप लगाएका थिए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई हतियारको रुपमा प्रयोग गरेर वर्तमान गठबन्धन फुटाउने षडयन्त्र भइरहेको आरोप लगाए।
संघीय संसदबाट अमेरिकी सहयोग नियोग एमसीसी पास गराउने–नगराउने बारे राजनीतिक दलहरु विभाजित छन् । शनिबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठक बोलाउन सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन् । गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेको थियो । त्यसलगत्तै सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply