माओवादी केन्द्र संसदीय दलको बैठक जारी
२३ भदौं, काठमाडौं, । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक चलिरहेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको छ ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठक अगाडि एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने षड्यन्त्र पनि भइरहेको आरोप लगाएका थिए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई हतियारको रुपमा प्रयोग गरेर वर्तमान गठबन्धन फुटाउने षडयन्त्र भइरहेको आरोप लगाए।
संघीय संसदबाट अमेरिकी सहयोग नियोग एमसीसी पास गराउने–नगराउने बारे राजनीतिक दलहरु विभाजित छन् । शनिबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठक बोलाउन सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन् । गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेको थियो । त्यसलगत्तै सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply