देउवासँग बालुवाटारमा पौडेल समूहको छलफल
२४ भदौं, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूबीच आज (बिहीबार) बालुवाटारमा छलफल भएको छ । पार्टीको १४ औं महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा पौडेल पक्षका नेताहरूले सभापति देउवासँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री देउवासँग कुराकानी गर्ने आफू पक्षीय नेताहरू लिएर बिहीबार बिहान पौडेल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी २० जिल्लाको समस्या समाधान गरी वडा अधिवेशन शुरु गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ । काँग्रेसले प्रदेश १ को मोरङ र प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छैन ।
यस्तै बागमती प्रदेशको काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रे र रसुवा तथा लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दिया तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । सुदूरपश्चिमका कैलाली र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक नहुँदा ती जिल्लामा पनि वडा अधिवेशन अनिश्चित बनेको छ । उक्त समस्याको निवास खोजेर तत्काल वडा अधिवेशन शुरु गर्न पौडेल पक्षले सभापतिको ध्यानाकर्षण गराएको थियो ।
नेताहरूबीच सबै जिल्लाको वडा अधिवेशन सकिएपछि मात्र पालिका अधिवेशन शुरु गर्ने विषयमा छलफल भएको थियो । ७७ जिल्लामा पालिका अधिवेशन एकै पटक गर्ने नेताहरुबीच सहमति भएको पौडेल पक्षका एक नेताले जानकारी दिए । भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिका समेत प्रभावित हुने भएको छ ।
असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने निर्वाचन समितिको भनाइ छ । प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
यस्तै छलफलमा प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अझै मन्त्रिपरिषद् विस्तार नगर्ने आग्रह गरेको बताएका थिए । पौडेल समूहका नेताहरूले गठबन्धनसँग मन्त्रालयको टुङ्गो लगाएर काँग्रेसको भागमा पर्ने मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सुझाएका थिए । देउवाले गठबन्धनसँग छलफल नै भइरहेको जवाफ दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
भदौ २८ गते माधव नेपालको पार्टी दर्ता सम्बन्धी एमालेले दर्ता गराएको मुद्दाको पेसी तोकिएको छ । त्यसको फैसला आएपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने काँग्रेस नेताहरूको भनाइ छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पनि त्यो सङ्केत गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply