कक्षा १२ को परीक्षा आजदेखि सुरु , होम सेन्टरबाटै परीक्षा दिन पाइने

३० भदौ, काठमाडाैं । कोरोना महामारीका कारण पटक-पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी परीक्षा तालिका प्रकाशन गरेको थियो ।
कोरोना महामारीका कारण लकडाउन लागू भएपछि गत बैशाखमा हुनुपर्ने परीक्षा स्थागित भएको थियो । त्यसपछि साउन ३१ देखि भदौ ९ गतेसम्मका लागि निर्धारण गरिएकोमा संक्रमण दर कम नभएको भन्दै पुनः स्थगित गरिएको थियो ।
आजदेखि सुरु हुने परीक्षा विद्यार्थीले होम सेन्टर अर्थात् आफू अध्ययनरत विद्यालयबाटै दिन पाउनेछन् । विहान ११ बजेदेखि परीक्षा सुरु हुनेछ ।
स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरबाट परीक्षा लिइने तथा कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ ।
परीक्षा बोर्डका अनुसार यसवर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थी ३ लाख ७४ हजार छन् । भौतिक रुपमै परीक्षा लिने तयारी भएपछि गत महिना नै १८ वर्ष पुगेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोरोना खोप लगाउने व्यवस्था गरिएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply