कक्षा १२ को परीक्षा आजदेखि सुरु , होम सेन्टरबाटै परीक्षा दिन पाइने
३० भदौ, काठमाडाैं । कोरोना महामारीका कारण पटक-पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी परीक्षा तालिका प्रकाशन गरेको थियो ।
कोरोना महामारीका कारण लकडाउन लागू भएपछि गत बैशाखमा हुनुपर्ने परीक्षा स्थागित भएको थियो । त्यसपछि साउन ३१ देखि भदौ ९ गतेसम्मका लागि निर्धारण गरिएकोमा संक्रमण दर कम नभएको भन्दै पुनः स्थगित गरिएको थियो ।
आजदेखि सुरु हुने परीक्षा विद्यार्थीले होम सेन्टर अर्थात् आफू अध्ययनरत विद्यालयबाटै दिन पाउनेछन् । विहान ११ बजेदेखि परीक्षा सुरु हुनेछ ।
स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरबाट परीक्षा लिइने तथा कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ ।
परीक्षा बोर्डका अनुसार यसवर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थी ३ लाख ७४ हजार छन् । भौतिक रुपमै परीक्षा लिने तयारी भएपछि गत महिना नै १८ वर्ष पुगेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोरोना खोप लगाउने व्यवस्था गरिएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply