पार्टीमा देखिएको विवाद समाधानका लागि देउवाले बोलाए शीर्ष नेताको बैठक
१ असोज, काठमडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको पछिल्लो विवाद समाधानका लागि शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्।
गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशनबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टि बढेपछि उनले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन्।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे छलफलका लागि बोलाएको महामन्त्री डा. शशांक कोइरालानिकट स्रोतले पुष्टि गरेको छ।
३ बजे छलफल छ भनिएको छ। हामी बालुवाटार जाँदै छौं, स्रोतले भन्यो क्रियाशील सदस्यताबारे छलफल भनिएको छ। डडेल्धुराको विवादबारे पनि कुरा होला।
सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा राज्यशक्तिको दुरुपयोग गरेर एकलौटी ढंगले वडा अधिवेशन गरेको आरोप लगाउँदै इतर समूह विरोध जनाउँदै आएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सुजाता कोइराला, गगन थापालगायतका नेताहरुले बिहीबार केन्द्रीय निर्वाचन समितिसँग डडेल्धुराको विवादका बारेमा जानकारी लिएका थिए।
यसअघि भदौ २५ गते सभापति देउवालाई भेटेरै पौडेल समूहले क्रियाशील सदस्यता छानविन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न हुनुपर्ने तथा महाधिवेशनमा राज्यको प्रहरी–प्रशासनको दुरुप्रयोग हुन नहुने भन्दै ध्यानाकर्षण गराएको थियो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply