पार्टीमा देखिएको विवाद समाधानका लागि देउवाले बोलाए शीर्ष नेताको बैठक
१ असोज, काठमडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको पछिल्लो विवाद समाधानका लागि शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्।
गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशनबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टि बढेपछि उनले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन्।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे छलफलका लागि बोलाएको महामन्त्री डा. शशांक कोइरालानिकट स्रोतले पुष्टि गरेको छ।
३ बजे छलफल छ भनिएको छ। हामी बालुवाटार जाँदै छौं, स्रोतले भन्यो क्रियाशील सदस्यताबारे छलफल भनिएको छ। डडेल्धुराको विवादबारे पनि कुरा होला।
सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा राज्यशक्तिको दुरुपयोग गरेर एकलौटी ढंगले वडा अधिवेशन गरेको आरोप लगाउँदै इतर समूह विरोध जनाउँदै आएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सुजाता कोइराला, गगन थापालगायतका नेताहरुले बिहीबार केन्द्रीय निर्वाचन समितिसँग डडेल्धुराको विवादका बारेमा जानकारी लिएका थिए।
यसअघि भदौ २५ गते सभापति देउवालाई भेटेरै पौडेल समूहले क्रियाशील सदस्यता छानविन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न हुनुपर्ने तथा महाधिवेशनमा राज्यको प्रहरी–प्रशासनको दुरुप्रयोग हुन नहुने भन्दै ध्यानाकर्षण गराएको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply