कांग्रेस अधिवेशन : लमजुङमा जलाइयो मतपत्र, चुनाव अनिश्चित

१० असोज, लमजुङ । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबारदेखि स्थानीय तहको निर्वाचन शुरु भएको छ । केही ठाउँमा सर्वसम्मत रूपमा निर्वाचन सकिएको छ भने कतै मतगणना चल्दै छ ।
सोही क्रममा लमजुङको राइनास नगरपालिकामा भने कांग्रेस कार्यकर्ताले मतपत्र जलाएका छन् । २०२ क्षेत्रीय प्रतिनिधि रहेको सो नगर चुनावमा १२३ मत खसेपछि चुनाव नै रोकिएको छ । मतदाताको रूपमा रहेका क्षेत्रीय प्रतिनिधि घर फर्किएका छन् ।
यसको कारण चाहिँ नगर सभापतिको उमेदवार विवादले हो । उक्त नगरपालिकाको सभापतिमा नुरराज कडरिया र श्रीकृष्ण पौडेलको प्यानल चुनावमा भिडेको थियो । तर, मतपत्रमा मत दिने संकेत कडरियाको नाममा मात्र राखिएको छ । पौडेललाई मत दिने ठाउँमा मत संकेत गर्ने कुनै विकल्प राखिएको छैन । यसबाहेक दुवैको क्रमसंख्या १ /१ राखिएको छ ।
यो मतपत्रका कारण कडरिया समूहको मात्र मतगणना हुने देखिएपछि मतदाताले मतपत्र नै जलाएका छन् । एक मतदात सुवास पौडेल भन्छन्, ‘दुवैको क्रमसंख्या १ छ, एक जना उम्मेदवारलाई त मत नै दिन नपाइने बनाइएको छ । २०२ मतदातामा १२३ मतदान भएको छ । निर्वाचन अधिकृतको मिलेमतोमा बनाइएको यो मतपत्र च्यातिएको छ । अब अधिवेशन कहिले हुन्छ थाहा छैन ।
आफूले आफैंलाई मत हाल्न नपाउने गरी तयार भएको मतपत्रबारे नगर सभापतिका उमेदवार पौडेल भन्छन, ‘म मत माग्नमा व्यस्त थिएँ । मतपत्र तयार भएपछि दुवै उमेदवारलाई निर्वाचन अधिकृतले बोलाउनुपर्ने हो, त्यो पनि भएन । वर्णानुक्रम अनुसार मेरो नाम अगाडि आउनु पथ्र्यो, त्यो पनि आएन । अर्को कुरा, दुईजना उमेदवार भएपछि क्रमसंख्या स्वत १ र २ हुनुपर्ने हो । दुवैको १ /१ छ । यहाँ सरासर निर्वाचन अधिकृतको बेइमानी देखिन्छ । त्यसकारण चुनाव रोक्नुपर्छ भनेर लागेका हौं ।
उक्त नगरमा निर्वाचन गराउने दायित्व दिनेश चिलुवालले पाएका थिए । निर्वाचन अधिकृतको भूमिकामा उठेका प्रश्नबारे उनले भने, प्राविधिक त्रुटि ३ /४ मत खसेपछि मैले थाहा पाएको हुँ । तर, निर्वाचन अधिकृतले नै मतपत्रमा हस्ताक्षर गर्ने भएपछि त्यो त तपाईंको कमजोरी देखियो, एउटा समूहलाई फाइदा हुने गरी काम गर्नुभयो नि, क्रमसंख्या पनि एउटै राख्नुभएछ त ? भन्ने प्रश्नमा उनले भने, दुवैपक्षका एजेन्टलाई बोलाएर मतपत्र देखाएको हो, उहाँहरूले हुन्छ भनेपछि मतदान सुरु भएको हो । मतपत्रमा प्राविधिक त्रुटि मैले पनि पछि थाहा पाएँ । थाहा पाएपछि दुवैतर्फबाट एजेन्ट बोलाएको हो ।
यसले केही फरक पर्दैन भनेपछि मतदान अगाडि बढाएका हौं । तर, रोकियो । अब कहिले हुन्छ थाहा छैन ।’ सभापतिका अर्का उमेदवार नुरराज कडरियाले निर्वाचन अधिकृतको त्रुटिका कारण मतपत्रमा प्राविधिक गल्ती देखिएकोले चुनाव रोकिएको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply