कांग्रेस अधिवेशन : लमजुङमा जलाइयो मतपत्र, चुनाव अनिश्चित
१० असोज, लमजुङ । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबारदेखि स्थानीय तहको निर्वाचन शुरु भएको छ । केही ठाउँमा सर्वसम्मत रूपमा निर्वाचन सकिएको छ भने कतै मतगणना चल्दै छ ।
सोही क्रममा लमजुङको राइनास नगरपालिकामा भने कांग्रेस कार्यकर्ताले मतपत्र जलाएका छन् । २०२ क्षेत्रीय प्रतिनिधि रहेको सो नगर चुनावमा १२३ मत खसेपछि चुनाव नै रोकिएको छ । मतदाताको रूपमा रहेका क्षेत्रीय प्रतिनिधि घर फर्किएका छन् ।
यसको कारण चाहिँ नगर सभापतिको उमेदवार विवादले हो । उक्त नगरपालिकाको सभापतिमा नुरराज कडरिया र श्रीकृष्ण पौडेलको प्यानल चुनावमा भिडेको थियो । तर, मतपत्रमा मत दिने संकेत कडरियाको नाममा मात्र राखिएको छ । पौडेललाई मत दिने ठाउँमा मत संकेत गर्ने कुनै विकल्प राखिएको छैन । यसबाहेक दुवैको क्रमसंख्या १ /१ राखिएको छ ।
यो मतपत्रका कारण कडरिया समूहको मात्र मतगणना हुने देखिएपछि मतदाताले मतपत्र नै जलाएका छन् । एक मतदात सुवास पौडेल भन्छन्, ‘दुवैको क्रमसंख्या १ छ, एक जना उम्मेदवारलाई त मत नै दिन नपाइने बनाइएको छ । २०२ मतदातामा १२३ मतदान भएको छ । निर्वाचन अधिकृतको मिलेमतोमा बनाइएको यो मतपत्र च्यातिएको छ । अब अधिवेशन कहिले हुन्छ थाहा छैन ।
आफूले आफैंलाई मत हाल्न नपाउने गरी तयार भएको मतपत्रबारे नगर सभापतिका उमेदवार पौडेल भन्छन, ‘म मत माग्नमा व्यस्त थिएँ । मतपत्र तयार भएपछि दुवै उमेदवारलाई निर्वाचन अधिकृतले बोलाउनुपर्ने हो, त्यो पनि भएन । वर्णानुक्रम अनुसार मेरो नाम अगाडि आउनु पथ्र्यो, त्यो पनि आएन । अर्को कुरा, दुईजना उमेदवार भएपछि क्रमसंख्या स्वत १ र २ हुनुपर्ने हो । दुवैको १ /१ छ । यहाँ सरासर निर्वाचन अधिकृतको बेइमानी देखिन्छ । त्यसकारण चुनाव रोक्नुपर्छ भनेर लागेका हौं ।
उक्त नगरमा निर्वाचन गराउने दायित्व दिनेश चिलुवालले पाएका थिए । निर्वाचन अधिकृतको भूमिकामा उठेका प्रश्नबारे उनले भने, प्राविधिक त्रुटि ३ /४ मत खसेपछि मैले थाहा पाएको हुँ । तर, निर्वाचन अधिकृतले नै मतपत्रमा हस्ताक्षर गर्ने भएपछि त्यो त तपाईंको कमजोरी देखियो, एउटा समूहलाई फाइदा हुने गरी काम गर्नुभयो नि, क्रमसंख्या पनि एउटै राख्नुभएछ त ? भन्ने प्रश्नमा उनले भने, दुवैपक्षका एजेन्टलाई बोलाएर मतपत्र देखाएको हो, उहाँहरूले हुन्छ भनेपछि मतदान सुरु भएको हो । मतपत्रमा प्राविधिक त्रुटि मैले पनि पछि थाहा पाएँ । थाहा पाएपछि दुवैतर्फबाट एजेन्ट बोलाएको हो ।
यसले केही फरक पर्दैन भनेपछि मतदान अगाडि बढाएका हौं । तर, रोकियो । अब कहिले हुन्छ थाहा छैन ।’ सभापतिका अर्का उमेदवार नुरराज कडरियाले निर्वाचन अधिकृतको त्रुटिका कारण मतपत्रमा प्राविधिक गल्ती देखिएकोले चुनाव रोकिएको बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply